राष्ट्रपति भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच विवाहको विषयमा दुई परिवारिक कुराकानी नै भएको सम्बद्व स्रोतको भनाई छ ।
राष्ट्रपति भण्डारीको पारिवार निकट स्रोतका अनुसार केटा र केटी नै यो सम्बन्धमा राजी भएका छन् । उनीहरु स्कुल पढ्दादेखिकै साथी हुन् ।
किरण यादवका छोरा र भण्डारीकी छोरी बुढानिलकण्ठ स्कुलमा सँगै पढेका हुन् । बुढानिलकण्ठमा पढ्दैं गर्दा उनीहरुबीच निकटता आएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार केटाकेटी दुवै जनाले एकअर्कालाई मन पराएकाले विवाहका विषयमा पनि दुवै परिवार सकारात्मक छन् ।
Post a Comment