रौतहट, १० मंसिर । भुरे भावर प्रदेश स्थापना, सामाजिक सद्भाव कायम गर्नुपर्ने तथा भारतीय नाकाबन्दीको विरोध गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टीले रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा बिरोध प्रदर्शन गरेको छ ।
हज्जारौँ स्थानीयबासीको उपस्थितिमा चुरे भावर पार्टीले आज (बिहीबार) चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध गर्दै प्रर्दशन गरेको हो ।
प्रदर्शनमा मधेसी मोर्चाको आन्दोलन र त्यसले पुराएको असरको पनि प्रदर्शनकारीले बिरोध गरेका थिए । उनीहरूले तराई मधेसमा जारी आन्दोलनले नेपाली–नेपालीबीचको सामाजिक सद्भाव भड्काउन केही मधेसी नेता लागेको भन्दै विरोध समेत गरे ।
चुरे भावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेहरूदेखि सचेत हुन आग्रह गर्दै मधेशी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन नगर्न चेतावनी दिनुभयो । उहाँले राजमार्ग अवरोध गर्न आउनेलाई आफूहरूले लखेट्ने बताउनुभयो ।
‘पूर्वपश्चिम राजमार्ग अबरोध गर्न दिँदैनौँ’, उहाँले भन्नुभयो, ‘अबरोध गर्नेलाई कडा कारबाही हुन्छ । नेपाली जनताले लखेट्ने छन् ।’
कुनै पनि हालतमा राजमार्ग बन्द गर्न नदिने र मधेसी मोर्चाले निहुँखोजे प्रतिकार गर्ने चेतावनी अध्यक्ष न्यौपाने दिनुभयो ।
प्रदर्शनमा चन्द्रपुर नगरपालिकाको बिभिन्न गाउँहरूबाट चन्द्रनिगाहपुरमा जम्मा भएका सर्वसाधारणले राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।
सहभागीहरूले जातीय सद्भाव कायम गरौ, नाकाबन्दी फिर्ता गर, चुरे भावर प्रदेश कायम गर लगायको नारा लगाउँदै चन्द्रनिगापुर बजार परिक्रमा गरेका थिए ।
dainikkhabar
Post a Comment