काठमाडौं, मंसिर १ । गत साता इजिप्टमा भएको रुसी विमान दुर्घटना आतंकवादी हमलाकै कारण भएको तथ्य खुलेको छ ।
रुसका सुरक्षा प्रमुख एलेक्जेन्डर बोर्तनिकोफका अनुसार विमानमा राखिएको विस्फोटक पदार्थ एक किलो तौलको ‘टीएनटी’ नामक विस्फोटक पदार्थ रहेको थियो ।
बोर्तनिकोफका अनुसार विमानको अवशेषमा विस्फोटक पदार्थ भेटिएकाले विमानभित्रै विस्फोट गराइएको पुष्टि भएको हो ।
दुर्घटनाबारे तथ्य सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनामा संलग्न समूहको पहिचान गरी कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
इजिप्टको साइनाइ क्षेत्रबाट गत ३१ अक्टोबरमा शर्म अल शेखबाट उडान भरेको विमान दुर्घटना हुँदा विमानमा सवार २ सय २४ जनाको मृत्यु भएको थियो ।
विमान दुर्घटनालगत्तै इस्लामिक अतिवादी समूह ‘आइएस’ले विमान आफूले खसालेको दाबी गर्दै वक्तब्य जारी गरेको थियो । (एजेन्सी)
Post a Comment