भुइँकटहरले यसरी निको हुन्छ क्यान्सर

बाबुलाल भण्डारी


गर्भको पूर्वावस्थामा धेरै मेवा वा भुइँकटहर खान नहुने चेतावनी हाम्रा कतिपय दिदीबहिनीहरुले अघिल्लो पुस्ताका पाका महिलाबाट सुनेको हुनु पदर्छ । एउटा ‘टवु’ मात्र नभएर यसको पछाडी चिकित्सा विज्ञानमा एक शताब्दी अघि देखि प्रमाणित र पुष्टि हुदै आएको सर्वमान्य सिध्दान्तले भन्छ कि मेवा र भुइँकटहरमा पाइने प्रोटिन पचाउने इञ्जाइमको कारणले प्रारंभिक चरणको गर्भ खेर जान सक्ने तर यसबाट शरीरको क्यान्सर भने निर्मूल हुन सक्छ । एकातिर गर्भखेर जाने र अर्कोतर्फ त्यहि चिजले क्यान्सर निको हुने जस्ता वेमेलका सन्दर्भ विच सम्बन्धको कडी के हो ? आउनुहोस यही आश्चर्यलाग्दो वैज्ञानिक तथ्यबारे सविस्तार चर्चा गरौं ।

गर्भ रहेको तेश्रो दिनमै भ्रुणसेलले १-२-४-८ को क्रममा द्रुत गतिमा विभाजित हुदैं एउटा किम्वुको फल (मोरुला) जत्रो स्थुल आकार ग्रहण गरिसक्छ र पाचौं दिन यो महिलाको बच्चादानीमा पुगिसक्छ । यसको भित्रपट्टिको सेल समूह (भु्रण) पछि गएर बच्चाको शरीर बन्छ भने भु्रणलाई वरिपरिबाट घेर्ने जालो पनि संगसंगै विकास हुदैं जान्छ जो पछि बच्चाको सालमा विकास हुन्छ । संरचनाको हिसाबले यो बाहिरी आवरण ज्यादातर ट्रोफोव्लास्ट सेलहरुबाट बनेको हुन्छ र यि सेलहरु भु्रणबाट विकास हुने पहिलो प्रकारका विशिष्ट सेलहरु पनि हुन् । छैठौं दिन देखि भु्रणलाई पाठेघरको भित्तामा टांसेंर यसलाई खस्न नदिने दायित्व सर्वप्रथम यिनै ट्रोफोव्लास्ट सेलहरुको रहन्छ । त्यसमाथि आमाको पाठेघरको भित्तालाई आक्रमण गरी त्यसैसंग एकाकार भएर भु्रणको पोषणको निम्ति क्यान्सरकै कार्यशैलिमा ट्रोफोसेलहरुले रगत र पोषक तत्व तानेर लिने आफनो छुट्टै रक्तनली र सञ्जाल खडा गर्दछन् ।यस हिसाबले पनि यि सेलहरुलाई ग्रिक भाषामा ट्रोफो (अर्थात पोषण वा खुराक दिने) भनेर नामाकरण भएको हुनु पर्दछ ।

आमाको प्रतिरक्षा प्रणाली द्वारा भु्रणलाई वाह्य वस्तुको रुपमा अस्विकार वा त्यागको संभावनालाई कूशलताका साथ छल्ने र स्वंयमा छिटो छिटो वृद्घि हुने जस्ता ट्रोफोका थप चरित्रहरु पनि सोह्रै आना क्यान्सर संगै मेल खान्छन् । अमेरिकी डा. लरेन्स विल्सन र नेचुरल एलोपेथि औषधिका प्रवर्तक तथा प्रसिध्द लेखक डा.सिर्कसले रासायनिक,जैविक संरचना तथा कार्यगत रुपमा समेत गर्भमा भु्रणलाई वेरेर राख्ने प्लासेन्टा ट्रोफोब्लास्ट र क्यान्सरको सेल खासमा उही र एउटै भएको वताउँछन् । बैज्ञानिकहरुले ट्रोफोब्लास्ट सम्बन्धी हालसम्म १७,००० पेपर समिक्षा गरी हेर्दा पनि ट्रोफोले क्यान्सरकै विशिष्ट सूचक र जैविक- रासायनिक संरचना देखाउने र यि दुबैको विचमा प्रयोगशाला परिक्षणबाट एउटा पनि तात्विक भिन्नता फेला पर्न नसकी क्यान्सर भनेकै ट्रोफोब्लास्ट सेल रहेछ भन्ने कुरा निर्विवाद स्थापित गरेका छन् ।

साँच्चै ,आश्चर्यको कुरा हैन त यो ?
यहि कुरा सर्वप्रथम स्कटल्याण्डको एडिनवर्ग विश्वविद्यालयका भु्रणविज्ञानका प्रोफेसर डा.जोन वियर्डले विस्तृत अनुसन्धान गरी सन् १९०२ मा प्रकाशमा ल्याएका थिए ।आज सम्म मिसिगन लगायतका धेरै विश्वविद्यालयहरुले प्रेग्नेन्सी ट्रोफोब्लास्ट र क्यान्सरको विच अरु धेरै रोचक समानताहरु फेला पारेका छन् र यि दुवै एउटै विषयवस्तुका दुई भिन्न नाम मात्र भएको थप पुष्टि भएको छ ।तथापि झन्डै सवासय वर्ष अघिको त्यस जमानामा उनको आविष्कारको प्रसस्त उपहास हुनु स्वाभाविक थियो र लगतै मेडम क्यूरी दम्पतिद्वारा रेडियमको आविष्कार र त्यसलाई सन् १९०३ मा भौतिक शास्त्रतर्फको नोबल पुरस्कारको घोषणासँगै रेडिएसन र एक्सरे प्रविधीको उज्यालोमा वियर्डको खोज धेरै वर्ष अध्यारोमा लुप्त हुन पुग्यो ।

डा.वियर्डले आफ्नो खोजबाट एउटा अत्यन्तै अचम्मको तथ्य साम्ने ल्याएका थिए । महिलाको गर्भको आठ हप्ता पुग्दा अथवा ठिक ५६ औं दिनमा बच्चाको सालमा हुर्किएको माथि उल्लेखित ट्रोफो भनिने आक्रामक र विनासकारी क्यान्सर सेलहरु एकाएक भद्र,परिपक्व र हितकारी साधारण सेलमा रुपान्तरण हुने र सालको तिव्र विकासमा पनि अंकुश लाग्ने रहेछ । अब प्रश्न उठ्छ , आखिर यो संभव हुन्छ कसरी ? यो ५६ औं दिनको संयोग पेट भित्रको बच्चाको वाल प्याङ्कृयाजले पहिलो पटक काम गर्न थाल्ने दिन पर्दो रहेछ ।गर्भावस्थाको निश्चित बिन्दु ठिक यसै घडी देखि बच्चाको प्याङ्कृयाजले कार्यारम्भ गरी प्रोटिन पचाउने (प्रोटिज) ,कार्बाहाइड्रेट पचाउने (अमाइलेज)र फ्याट पचाउने (लिपेज) जस्ता विभिन्न प्रकारका डाइजेस्टिभ इन्जाइमहरु निष्काशन गर्दो रहेछ ।तर जन्मेर खानाको पहिलो खुराक पछि मात्र आवश्यक पर्ने यस्ता पाचक जुस गर्भमा २ महिनामात्रको गर्भस्थ सानो भु्रणलाई आखिर जरुरत नै किन पर्‍यो जबकि उसलाई आवश्यक पर्ने सबै पोषक तत्व त्यो पनि प्रिडाइजेष्टेड रुपमा आमाको रगतबाटै खुरुखुरु आइरहन्छ ? अनि यस्ता इञ्जाइमको बच्चाको आफ्नै पाचन कृयामा कुनै भूमिका नदेखिएपछि यसको वैकल्पिक प्रयोजन के हो ?

खासगरी प्रेग्नेन्सी ट्रोफोब्लास्टले वच्चालाई पाठेघरमा वलियो सङ्ग अड्याउने र सालको पर्याप्त विकास गरी त्यसैमार्फत रक्त सञ्चालनको च्यानल बनाईसके पछि यस्को सबै जिम्मेवारी सकिन जाने हुँदा वच्चाको प्याङ्क्रियाजको यति छिटो असामयिक सक्रियता कुनै आकश्मिकता र निरुद्देश्यको नभएर साललाई अरु फैलिन र त्यसमा भएको ट्रोफो (क्यान्सर)लाई अरु अङ्गमा सर्नु अघि नै समाप्त गर्नकोलागि मात्र हुन सक्तछ । अझ डा.वियर्ड थप्छन् , वास्तवमा सालमा भएको ट्रोफोब्लास्ट अलि कडा प्रकारको क्यान्सर (कोरियो कार्सिनोमा ) हो र ठिक यहि विन्दूमा प्याङ्क्रियाजले इन्जाइम बनाउन नसकेको अवस्थामा केही हप्ता भित्रै आमा र वच्चा दूबैको मृत्यू निश्चित छ र अत्यन्त दूर्लभ मानिए पनि त्यस्तो हँुदै नहुने भन्ने छैन ।तर विधिको विधान यस्तो अपूर्व छ कि ठिक ५६ औं दिनमा पेट भित्रको बच्चाको बाल प्याङ्क्रियाज (पाकस्थली)सक्रिय हुनै पर्छ र यसले बनाउने इन्जाइमले बच्चालाई बेरेर राखेको सालमा हुने क्यान्सरलाई सिध्याउनै पर्छ ।

अव हाम्रो जीवन र स्वास्थ्यमा यसको सापेक्षता यहि हो कि जे जति इन्जाइमले गर्भको क्यान्सरलाई रातारात उल्टाइदिन्छ ठिक त्यही इन्जाइमले अरु क्यान्सरलाई पनि त ससक्त ढङ्गले बदल्न वा सिध्याउन सक्ने भयो । यसै सिध्दान्तको दिसानिर्देशमा इन्जाइमको खुराकसंगै पूरकरुपमा शरीरको इन्जाइम निर्माण कार्यमा प्रभावकारिता र अनुकूलता ल्याउने गरी इन्जाइम थेरापिहरु अत्यन्त सफलताका साथ प्रचलनमा छन् । सयौं अनुसन्धानहरुबाट स्पष्ट भइसकेको छ कि इञ्जाइमहरु क्यान्सरका वलिया प्रतिलोम हुनाले क्यान्सर रोकथाम मात्र होइन निराकरणमा पनि यिनीहरुको उत्तिकै भूमिका रहन्छ । प्याङ्क्रृयाजले सक्रिय प्रतिरोध गरी इञ्जाइम बनाउञ्जेल कुनै पनि प्रकारको क्यान्सरको जग बस्न नपाउने र इन्जाइम उत्पादन घट्दा वा अन्य प्रयोजनमा ज्यादा खर्च भएपछि हुने अभावको स्थितीमा मात्र क्यान्सरको लागि बाटो खुल्ने वैकल्पिक उपचार प्रणाली काइरोप्राक्टिस विशेषज्ञ डा. डफि डि.सि. लगायत धेरै विशेषज्ञहरुको निचोड छ ।

डिप कुकिङ्गबाट सबै इन्जाइम नष्ट भई सकेको खाना मात्रैको एकोहोरो प्रयोग र वढ्ता गुलियो चिजको सेवनले इन्जाइम बनाउने अङ्ग प्याङ्कृयाजमा निरन्तर दवाव पर्न गई आंगिक रुग्णता र इञ्जाइम उत्पादन नै प्रभावित बन्दछ । तसर्थ क्यान्सर उपचार र रोकथाममा तत्काल इञ्जाइमको आपुर्ती सङ्गै दीर्घकालिन रुपमा प्याङ्क्रृयाजको कार्यकुशलता बृद्घि नै सबै भन्दा भरपर्दा उपाय हुन सक्छन् । इञ्जाइमका घरेलु स्रोत र तिनीहरुको कार्य पद्घती क्रमशः
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget