अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा हवाई आक्रमण


इस्लामाबाद । अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा शुक्रबार अमेरिकी चालकरहित विमान आक्रमण गरिएको समाचार छ । सो आक्रमणमा परेर कैयौँको हताहती भएको अनुमान गरिएको छ । त्यस आक्रमणमा परी के कति व्यक्ति मारिए भन्ने बारेमा भने केही थाहा भएको छैन । पाकिस्तानी सेनाले मारिएका व्यक्तिको खोजी जारी रहेको जनाएको छ ।

शुक्रबार बिहान संदिग्ध आतङ्ककारीलाई लक्ष्य गरी सो आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । स्थानीय सञ्चारमाध्यमले उत्तरपश्चिमी पाकिस्तानको कुराम एजेन्सीनजिकै आदिवासीहरूको बाहुल्यता रहेको इलाकामा सो आक्रमण भएको जनाएका समाचारमा उल्लेख गरिएको छ ।

यो आक्रमण पाकिस्तानतर्फबाट भएको या अफगानिस्तानबाट भन्ने विषय भने प्रस्ट हुन नसकेको प्राप्त समाचारमा जनाइएको छ । यस चालकरहित विमान आक्रमणमा दुईवटा सवारीसाधनसमेत ध्वस्त भएको बताइएको छ । पाकिस्तानमा भएको चालकरहित विमान आक्रमण सन् २०१५ को तुलानामा सन् २०१६ मा कम भएको बताइएको छ ।

यस्तो आक्रमणको पाकिस्तानी नागरिकले व्यापक मात्रामा विरोध गर्ने गरेका छन् । उनीहरूले यस्तो आक्रमणबाट निर्दाेष नागरिकको ज्यान जाने गरेको भन्दै यस्तो आक्रमण रोक्ने माग गरेका छन् ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget