चेतावनी दिएको भोलिपल्टै भाजपा उपाध्यक्ष कोश्यारी प्रचण्डको दैलोमा

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन काठमाडौं आएका भारतीय जनता पार्टीका उपाध्यक्ष एवं उत्तराखण्डका पूर्वमूख्यमन्त्री भगतसिंह कोश्यारी लाजिम्पाट पुगेका छन् ।
लाजिम्पाट पुगेर कोश्यारीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । विहीबार कांग्रेसको महाधिवेशन उदघाटन समारोहबाटै प्रचण्डले चेतावनी दिएको भोलिपल्टै शुक्रबार भारतीय नेता कोश्यारी भेट गर्न लाजिम्पाट पुगेका हुन् ।
यसअघि विहीबार मात्रै कांग्रेस महाधिवेशनको मञ्चबाटै प्रचण्डले कोश्यारीको नाम नै लिएर अब भारतले नाकाबन्दी जस्ता ब्यवहार दोर्होयाउन नहुने चेतावनी दिएका थिए । ‘भारतले इतिहास नदोहोर्याओस’ भन्दै प्रचण्डले कोश्यारीको नाम बारम्बार लिएका थिए ।
आजको भेटमा नेपाल तथा भारतबीचको सम्बन्ध, मधेसी मोर्चाका माग तथा नेपाली राजनीतिबारे छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । प्रचण्डले नेपालमा नयाँ प्रयोग गर्न गइरहेकोले परिवर्तन नचाहने शक्तिले बिभिन्न बहाना गरेर अवरोध सिर्जना गर्न खोजेको स्पष्ट पारेका थिए । मधेसी मोर्चाका माग तथा सरकारको बारेमा समेत उक्त अवसरमा छलफल भएको थियो ।
कोश्यारीले भारतीय नेतृत्वसमक्ष नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने बताउँदै भविष्यमा दुई देशबीच सुमुधुर सम्बन्ध विकास गर्न पहल गर्ने बताएको सचिवालयले जनाएको छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget