काठमाडौंमा नीतिशको दमदार भाषण, दिल्लीमा हंगामा (यसरी बन्यो हेडलाइन)

काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशन उदघाटन समारोहमा सहभागी हुन नेपाल आएका भारतको विहार राज्यका मुख्यमन्त्री नीतिश कुमारको भाषणले दिल्लीमा समेत नयाँ तरंग पैदा भएको छ ।
विहीबार काठमाडौंको टुँडिखेलमा आयोजित कांग्रेस महाधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै नीतिश कुमारले मधेस आन्दोलन नेपालको आन्तरिक मामिला भएको बताए । उनले यसो भन्दा तालिको वर्षा भएको थियो ।
तर, यो कुराले दिल्लीमा तरंग नै ल्यायो । पाँच महिना लामो आन्दोलनमा सहयोग र नाकाबन्दीसम्म गरेको नरेन्द्र मोदी सरकारका लागि यो टाउको दुःखाइको विषय नै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । किनकी मोदी सरकारले मधेसीका माग सम्बोधन गर भन्दै बारम्बार दबाब तथा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेका बेला नीतिशले भने भारत रहँदा होस् अथवा काठमाडौं आउँदा पनि नेपालको आन्तरिक मामिला भन्दै मधेसबारे केही बोलेनन् ।
उनको यो भाषणलाई नेपालमा मात्र नभएर भारतमा पनि मिडियाले उच्च महत्व दिएका छन् ।
भारतको राष्ट्रिय सञ्चार माध्यम प्रेस ट्रष्ट अफ इण्डियाले पनि नीतिशले बोलेका कुराको हेडलाइन बनाएको छ । पिटिआइको समाचारलाई अधिकाँश मिडियाले हेडलाइन बनाएका छन् ।
मधेस आन्दोलनमा समर्थन जुटाउन विहारका नेताहरुलाई पटनासम्म पुगेर फकाउने कोशिस गरिरहेको बेला विहारमै मुख्यमन्त्रीले मधेस मुद्दामा आफुले बोल्न आवश्यक नरहेको बताएपछि नेपालमा पनि यो विषयमा विशेष चर्चा भैरहेको छ ।
नेपालको विकाश र स्थायित्व नै भारतको चाहाना रहेको भन्दै मुख्यमन्त्री नीतिशले नेपाल र भारतबीचको सम्बन्धमा कुनै आशंका हुन नहुने बताएका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget