नेपाल–भारतमैत्री सङ्घद्वारा आज राजधानीमा आयोजित ‘नेपाल भारत सम्बन्ध र वर्तमान सन्दर्भ’ विषयक अन्तक्र्रियामा अधिकांश वक्ताले सो धारणा व्यक्त गरेका हुन् ।
उहाँले तराई मधेसमा जारी आन्दोलनको समस्या नेपाल आफैँले समाधान गर्न सक्ने बताउँदै राजदूत रायले भारत जहिले पनि नेपालको हित चाहन्छ भन्नुभयो ।
राजदूत रायले सीमामा जारी अवरोधबाट नेपालीले दुःख पाएकामा भारत सरकार निकै दुःखी भएको बताउँदै उहाँले क्रमशः सुख प्राप्त हुँदै जाने सङ्केत आफूलाई मिलेको जानकारी दिनुभयो ।
कार्यक्रममा मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले अन्धो र मण्डले राष्ट्रवादले कसैको हित नहुने बताउँदै सरकारले तराई आन्दोलनलाई दबाउन खोजेको आरोप लगाउनुभयो ।
सांसद रुक्मिणी चौधरीले अधिकार माग्दा भारतपरस्त भन्ने अभिव्यक्ति दरिद्रताको पराकाष्ठ रहेको बताउनुभयो । झन्डै १८ भन्दा बढी व्यक्तिले नेपाल भारत सम्बन्धका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
धारणा राख्नु हुनेमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरु, पूर्व मन्त्रीहरु, पूर्व राजदूतलगायतले बोल्नुभएको थियो । रासस
dainiknepal
Post a Comment