२९ मंसिर, काठमाडौं । मधेसी मोर्चाका सांसदहहरुको नाराबाजीका बीच व्यवस्थापिका संसदमा पुनर्निर्माण र संविधान संशोधन विधेयक पेश भएको छ ।
संसदको मंगलबार बसेको बैठकमा मधेसी मोर्चाका सांसदहरुले नाराबाजी गरे । मधेसी मोर्चाले प्राधिकरण विधेयक पास गर्न सघाउने बताएको थियो । तर, संविधान संशोधन विधेयकलाई पनि कार्यसूचीमा राखेपछि मधेसी मोर्चाका सांसदहरुले नाराबाजी गरेका हुन् ।
मोर्चाको नाराबाजीका बीच विधायन समितिकी सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्वन्धमा बनेको विधेयकसम्वन्धी प्रतिवेदन पेश गरेकी छन् ।
लगतै कानूनमन्त्री अग्नि खरेलले संविधान संशोधन विधेयक पेश गरेका छन् । त्यसअघि नाराबाजीका बीच महिला तथा बालबालिका समितिकी सभापति रञ्जु झाले आफ्नो समितिको प्रतिवेदन पेश गरेकी छन् ।
onlinekhabar
Post a Comment