तत्काल निजी कार तथा जीपले तेल नपाउने

मौज्दात वृद्धि भएपछि मात्र वितरण– निगम
निजी कार तथा जीपले तत्काल तेल नपाउने भएका छन्। नेपाल आयल निगमका अनुसार ४ दिन निजी मोटरसाइकल तथा स्कुटरलाई कोटा प्रणालीमा पेट्रोल वितरण गरिए पनि तत्काल नै निजी कार तथा जीपले तेल पाउन अवस्था छैन। निगम एक उच्च स्रोतका अनुसार मोटरसाइकल तथा स्कुटरलाई ४ दिनमा झण्डै ८ लाख लिटर पेट्रोल वितरण भइसकको छ।

अब भने मौज्दातमा कमी आएकोले कार तथा जिपलाई तेल वितरण गर्न नसकिने स्रोतले बतायो।मौज्दातमा वृद्धि हुनासाथ निजी कार तथा जीपलाई विशेष प्राथामिकतामा राखेर तेल वितरण गरिने समेत स्रोतले बतायो।

यसअघि नेपाल आयल निगमले मंसिर २० गते मोटरसाइकल तथा स्कुटरका लागि पेट्रोल वितरण गरेपछि निजी कार तथा जीपलाई सूचना प्रकाशन गरेर तेल वितरण गर्ने जनाएको थियो।

मोटरसाइकल तथा स्कुटरलाई तेल वितरण गरेपछि मन्त्रालयमा दुई दिनदेखि समीक्षा गर्न बसेको बैठकले मौज्दात तेल अहिलेको अवस्थामा अत्यावश्यक सवारी सधानहरु बाहेक अन्य सवारी साधनलाई तेल वितरण गर्न नसकिने निर्णय गरेको स्रोतले जनाएको छ।

मौज्दातमा केही परिमाण वृद्धि भएपछि कोटा प्रणालीमा लट अनुसार कार तथा जिप लाई तेल वितरण गरिने स्रोतले बतायो।

निजी कार तथा जिपले  पछिल्लो पटक कोटा प्रणालीमा कात्तिक १९, २० र २१ गते १५ लिटरका दरले पेट्रोल पाएका थिए। त्यपछि निजी कार तथा जिपले ४० दिन हुँदासम्म पनि पेट्रोल पाउन सकेका छैनन्।

तर उपत्यका लगायत देशभर नेपाल आयल निगमले निजी कार तथा जिपलाई तेल वितरण नगरे पनि चोक चोकमा निजी सवारी साधनको जाम देखिन्छ। ट्राफिक प्रहरीका अनुसार नाकाबन्दीको सुरुवातमा भन्दा अहिले सडकमा धेरै निजी सवारी साधन संचालनमा छन्। setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget