नेपालमा पेट्रोल उत्खननका लागि आवश्यक सहयोग गर्ने चीनको प्रतिबद्धता

केयू अन्तर्गतका कलेजहरु नियम विपरीत एमबिबिएसमा भर्ना लिंदै
काठमाडौं, पुस २ । चीन भ्रमणमा रहेको नेपालको सत्तारुढ एमालेको प्रतिनिधिमण्डलसँग चिनियाँ नेताले नेपाललाई हरसम्भव सहयोग गर्न तयार रहेको बताएका छन् । नेपालसँगका नाकालाई पुर्वाधार सम्पन्न बनाउन र नयाँ नाका खोल्नलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बेइजिङ भ्रमणमा केही उच्च चिनियाँ नेताहरुसँगको भेटपछि प्रतिनिधिमण्डलका नेता नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री लालबाबु पण्डितले भने ‘नेपालको आर्थिक विकासमा चीनले दीर्घकालीन सोचाइ राखेको छ । उनीहरु नेपालमा पेट्रोलियम उत्खननदेखि यस क्षेत्रमा प्राविधिक सहयोग गर्न तयार छन् ।’

लालबाबुको नेतृत्वमा १५ सदस्यीय एमालेको प्रतिनिधिमण्डलले हुनान प्रान्तमा रहेको विश्वकै तेस्रो ठूलो तेल ड्रिलिङ परियोजनाको अवलोकन गरेको थियो । कम्पनीले नेपालमा पनि तेल उत्खननका लागि ड्रिलिङ मेसिन दिने र तेल उत्पादन गरेर पछि उसको मूल्य तिर्न सकिने बताएको थियो ।

प्रविधिसँगै लगानी पनि नेपालमा लगेर दुई देशले यसको लाभ प्राप्त गर्न सक्ने आफूले बताएको नेता पण्डितले सुनाए । जलविद्युत, हेभि इक्विपमेन्ट, तेल ड्रिलिङ, वैकल्पिक उर्जा जस्ता क्षेत्रमा चीनले नेपालमा लगानी गर्ने चासो देखाएको बताउँदै उनले सरकारी स्तरबाट वार्ता गर्ने हो भने नेपालको आर्थिक विकासमा काँचुली फेर्न मद्दत पुग्ने बताएको कान्तिपुरमा समाचार छ ।

everestdainik

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget