, २ पुस– आइएसआइएसका किताबमा उल्लेख भएअनसार कुरामा जिहादीहरुलाई भनिएको छ, ‘तिमीले दुईवटा बलिया शुत्रहरुको सामना गर्नुुपर्नेछः यहुदी र मूर्तिपूजक।’ यहुदी इजरायललाई आक्रमणको तारो बनाइरहेको आईएसआईएसले कुरानको यही हरफका आधारमा मूर्तिपूजक भारतीयलाईसमेत शत्रु मानेर रणनीति तय गरेको छ ।
‘ब्ल्याक फ्ल्यांग्स फ्रम इस्लामिक स्टेट’ किताबमा भारतमा प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदीको उदयपछि आईएसआईएसलाई भारतमा विस्तारित हुने अनुकूलता मिलेको उल्लेख छ । ‘गाईको मासु खाने मुसलमानलाई मार्ने अभियान अबको दिनमा भारतमा बढ्दै जानेछ ।
हतियारपूजक नरेन्द्र मोदीले मुसलमानविरुद्ध हुने आगामी द्वन्द्वका लागि हिन्दूहरुलाई तयार गरिरहेका छन् । यसले भारतभित्रै इस्लामिक स्टेटका जिहादीहले भर्ती हुने क्रम बढ्नेछ । कितामा भनिएको छ ।
‘अफगानिस्तानबाट अमेरिका फर्किएपछिको दिनमा मुसलमानहरुको आक्रमण सहज गर्न सक्ने साउदी अरबभित्र अस्थिरता उत्पन्न हुनेछ ।
जसलाई त्यहाँका तानाशाहले नियन्त्रण गर्न सक्ने छैन । ’ साउदी अरबले आफूलाई इस्लामको रेखदेखकर्ताजस्तो देखाउन खोजे पनि भित्री रुपमा उले खिलाफत स्थापना गर्न नदिनेगरी अमेरिकासँग गोप्य साँठगाँठ गरिहेको आइएसआइएसले लगाएको छ ।
शुक्रबार साप्ताहिकबाट
kathmandutoday
Post a Comment