छोरी नातिनीहरुलाई चीन पठाउने गृहमन्त्री र प्रचण्डविरुद्ध अख्तियारले अनुसन्धान थाल्यो

 छोरी नातिनीहरुलाई चीन पठाउने गृहमन्त्री र प्रचण्डविरुद्ध अख्तियारले अनुसन्धान थाल्यो
काठमाण्डाै १ पुस । भूकम्पपीडितको नाममा आफ्ना नातेदारलाई चीन शयर गराएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री शक्तिबहादुर बस्नेतविरुद्ध अनुसन्धान थालेको छ ।
अख्तियार उच्च स्रोतले जानकारी दिएअनुसार सो सम्बन्धी फाइल गृह मन्त्रालयले मंगलबार अख्तियार पठाएको छ । अख्तियार स्रोतले भन्यो, ‘हामीले यसमा गम्भीर भएर अनुसन्धान थालेका छौं । सम्बन्धित फाइल पठाउन निर्देशन दिएका थियौं ।   मंगलबार साँझ गृह मन्त्रालयले सो फाइल पठाएको छ । ’
गृहमन्त्री बस्नेतले  ३ दिन अघि भूकम्पपीडितको नाममा आएको कोटामा आफ्नी छोरी, एमाओवादी अध्यक्ष प्रचण्डका नातिनीहरु, नातागोता, तथा माओवादी पार्टीका अन्य नेताका आफन्तहरुलाई चीन पठाएका थिए । भूकम्पपीडित युवाहरुलाई चीन भ्रमणको अवसर दिनु पर्नेमा गृहमन्त्रीले आफ्नैलाई त्यस्तो अवसर दिएका थिए । अाजकाे नेपाल समाचारपत्र दैनिकमा समाचार रहेकाे छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget