१० मंसिर, काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबिका जवानले नेपालको सीमानाबाट एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेको सरकारले पुष्टी गरेको छ ।
यस घटनामाथि अनुसन्धान गरेर दोषिमाथि कारवाही गर्न र त्यसबारे नेपाललाई जानकारी गराउन परराष्ट्र मन्त्रालयले भारतसित आग्रह गरेको छ ।
‘दशगजाबाट १०० मिटर भित्र सुनसरी जिल्लाको वडा नम्बर ७, हरिहरपुर गाविसस्थित पूर्वी टोलमा बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं ।’
भविष्यमा यस्ता कार्य हुन नदिन भारतीय अधिकारीहरुलाई सचेत गराउँदै चाँडै यसबारे अनुसन्धान गरेर नेपाल सरकारलाई जानकारी पठाउन तथा दोषिमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं ।’
एसएसबीले नेपालभित्र पसेर गोली चलाएको समाचारको भारतीय दूतावासले बुधबार खण्डन गरेको थियो ।
onlinekhabar
Post a Comment