मेक्सिको, फागुन २४ – मेक्सिकोको एक पहाडमा दुई लास जमेको अवस्थामा पाइएको छ । यी दुई लासलाई ती पर्वतारोहिहरुको बताइएको छ जो ५५ वर्ष पहिले मेक्सिकोमा आएका थिए ।
गत सोमबार मेक्सिकोको सबैभन्दा अग्लो पहाड पिसो दे ओरीजाबामा एक लास पाइएको थियो ।
खबरका अनुसार १२ पर्वतारोही जब यो लासलाई निकाल्नका लागि त्यहाँ पुगे तब उनीहरुले अर्को लासलाई पनि भेटे । स्थानीय अधिकारीहरुले ५५ वर्ष पहिले भएको हिमपहिरोमा दुबै पर्वतारोहिहरुको मृत्यु भएको अनुमान गरेका छन् । यहाँबाट निकालिएपछि उनीहरुको शवको डिएनए टेस्ट गराइने बताएको छ ।
Post a Comment