महोत्तरी, २ पुस । भारतका एक जना पूर्वमन्त्रीले नेपालको आन्तरिक मामिलामा नाङ्गो हस्तक्षेप गरेका छन् ।
पुरै टिम बनाएर मधेस आन्दोलनको समर्थनमा उत्रिएका भारतका पूर्व केन्द्रीय मन्त्री एवं लालु यादवको पार्टीका राष्ट्रिय उपाध्यक्ष रघुवंश प्रसाद सिंहले बिहीबार नेपाल-भारत सीमाको भारतीय बजार मछपकौनीमा मधेस आन्दोलन सफल पार्न जस्तोसुकै सहयोग गर्ने घोषणा गरे ।
नेपालको खसवादी सरकारले मधेसी जनता र भारतीय चेलीहरुको अधिकार खोसेको उनको आरोप छ । उनले भने- ‘नेपालका मधेशीमाथि राज्यबाट चरम विभेद भइरहेको छ यस विभेदलाई अन्त्य गर्न भारतले हदैसम्म सहयोग गर्छ ।’ मधेश विरोधी संविधान बनाएर नेपाल सरकारले मधेशीमाथि दमन, शोषण गर्दै पछाडि पार्ने प्रयास गरेको र यो कुरा भारतलाई सह्य नहुने उनको चेतावनी थियो ।
भारत र नेपालको सधैंभरि बेटीरोटीको सम्बन्ध रहेको र खसवादी सरकार जानी जानी तराई मधेशमा बस्ने लाखौ भारतीय चेलिहरुलाई नागरिकता र देशको संवैधानिक अंगबाट बञ्चित गरेर हाम्रो सम्बन्ध बिगार्न खोजेकोले अब चुप लागेर उनले घोषणा गरे ।
पूर्वमन्त्री सिंहले मधेस आन्दोलन सहयोग गर्न सम्पूर्ण भारतीय जनतालाई सार्वजनिक आव्हान समेत गरेका छन् । यसअघि विहारका पूर्व मुख्यमन्त्री लालु यादवले मधेसीले अधिकार नपाएको बताएका थिए ।
dainiknepal
Post a Comment