बेलायतबाट फोन आएपछि सुष्मा स्वराजले भनिन्- भारतले छिट्टै नाकाबन्दी खोल्छ

काठमाडौं, २ पुस । हाल बेलायत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय मुलका बेलायती सांसदसँग भेटवार्ता गरेका छन् ।
बुधबार बेलायको संसद भवनमा भएको भेटवार्तामा सांसदहरुले भारतको नाकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकटबारे चाँसो व्यक्त गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री थापाले छिट्टै समाधान हुने प्रतिबद्धता जनाए ।
तर, ब्रिटेनको सर्वदलीय संसदीय समितिको नेपाल डेस्क अध्यक्ष वीरेन्द्र शर्मासहितका भारतीय मुलका सांसदहरुको आग्रहमा मन्त्री थापाले भारतकी विदेशमन्त्री सुष्मा स्वराजलाई फोन लगाएर आफू बेलायतमा रहेको कुरा बताए । त्यसपछि आपूर्ति अवरोध (नाकाबन्दी)बारे प्रश्न गर्दा उनले छिट्टै हटाउने बताइन् ।
बेलायतस्थित नेपाली राजदूतावास स्रोतका अनुसार स्वराज र थापाबीच करिब २५ मिनेट कुरा भएको थियो ।
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षगाँठका अवसरमा लन्डन पुगेका परराष्ट्रमन्त्री थापाले फोनवार्तापछि बेलायती सांसदहरुलाई भारतको जवाफ सुनाएका थिए ।
ब्रिटेनको सर्वदलीय संसदीय समितिको नेपाल डेस्क अध्यक्ष वीरेन्द्र शर्माले यसअघि नाकाबन्दी खोल्नका लागि भारतसँग पहल गरिदिन आफ्ना प्रधानमन्त्री डेभिड क्यामरुनलाई पत्र लेखेका थिए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget