राष्ट्रपति फर्केपछि जानकी मन्दिरमा पेट्रोल बम प्रहार

पौष १, जनकपुर ।
राष्ट्रपति विद्या भण्डारीको भ्रमणको बिरोधमा मधेसी मोर्चाले गरेको प्रदर्शनका कारण  जनकपुरमा तनाव सृजना भएको छ ।
बिवाह पञ्चमीमा सहभागी हुन राष्ट्रपति भण्डारी केहिवेरअघि जनकपुर पुग्नुभएको छ । मोर्चाका कार्यकर्ताले जानकी मन्दिर वाहिर प्रदर्शन गर्नुका साथै कालोझण्डा देखाएका छन् । शहरका बिभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
जनकपुर चाेकमा प्रदर्शन गरिरहेका मार्चाका कार्यकर्ता माथि प्रहरीले लाठीचार्ज गर्नुका साथै केही सेल अश्रुग्यास प्रहार समेत गरेकाे छ ।
मन्दिर परिसर पूर्णरुपमा खाली गराइएकाे छ ।
विगतमा निकै रौनक हुने गरेको विवाहपञ्चमी यो पटक सुनसान बनेको छ । राष्ट्रपतिको भ्रमणलाई ध्यानमा राखेर जनकपुरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भारतबाट आउने श्रद्धालु भक्तजन हतारमा दर्शन गरेर फर्किएका छन् ।
आन्दोलनकारीले विरोध स्वरुप घरमा कालो झण्डा समेत राखेका छन । त्रेतायुगमा राम र सीताको विवाह भएको भन्ने मान्यताका आधारमा जनकपुरमा यो पर्व मनाउने प्रचलन छ । भारतको अयोध्याबाट बाजागाजा सहित जन्ती जनकपुर आउने र बिबाह गरेर फर्कने चलन भएपनि यो पटक प्रभावित भएको छ ।
radiokantipurdiary
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget