राष्ट्रपतिलाई जनकपुरमा कालोझन्डा, सेनाको स्कर्टिङमा विशेष पूजा


फोटो :फाइल तस्बिर
जनकपुर : राष्ट्रपति विद्यादेवी भण्डारी सेनाको हेलिकोप्टरमा बुधबार जनकपुर पुगेकी छिन् ।

राष्ट्रपति जनकपुर आगमनको विरोध गर्दै मधेसी मोर्चाले कालोझन्डा देखाएर प्रदर्शन गरेको छ । राष्ट्रपति भण्डारी चढेको नेपाली सेनाको सुपरपुमा हेलिकोप्टर पौने १२ जनकपुर प्रहरी अञ्चल कार्यलयमा अवतरण गरेको थियो । त्यहाँबाट उनलाई नेपाली सेनाको विशेष स्कर्टिङसहित गाडीमा जानकी मन्दिर लगिएको छ। त्यहाँ भण्डारीले विशेष पूजा गर्दैछन् ।

राष्ट्रपतिको भ्रमणका लागि मंगलबार बेलुकादेखि नै जनकपुरको सुरक्षा निकै कडा बनाइएको छ । नगर सबै सडक र चोकमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको छ भने भण्डारी जाने आउने मार्गमा सेना पनि खटाइएको छ ।annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget