दैलेखको नौमुलेमा सवैभन्दा बढी ५१ लाख बराबरको जग्गा दान गर्ने नन्दराम प्याकुरेल । दैलेखको नौमुलेमा सवैभन्दा बढी ५१ लाख बराबरको जग्गा दान गर्ने नन्दराम प्याकुरेल ।
दैलेख–दैलेखको नौमुलेमा क्याम्पस संचालनार्थ गरिएको धार्मिक महोत्सवमा तोली – ५ भुर्सु नौमुलेका स्थानीय ८० वर्षीय नन्दराम प्याकुरेलले ५१ लाख रुपैँयाको जग्गा दान गरेका छन्। धार्मिक महोत्सवको अन्तिम दिन बुधबार जग्गादान दाता प्याकुरेलले नौमुलेबजारमै रहेको चल्तीको ५१ लाख मुल्य पर्ने जग्गा दान गरेका हुन्।
द्वन्द्वमा बढी प्रभावित भएको दैलेखको नौमुलेमा विकासको ढोका खोलिरहेको अवस्थामा आफुले सहयोग गर्न पाउँदा खुसी भएको जग्गादान दाता प्याकुरेलले बताए। 'बुढेस्कालमा परोपकारी काममा सहयोग गर्न पाउँदा मनैदेखी खुसी छु,' जग्गादानदाता नन्दराम प्याकुरेलले भने, पैसा नै दिने सोच बनाएको थिए तर, आयोजकले पैसाबरावरको जग्गाको प्रस्ताव आएपछि जग्गा दिएको हो।'
प्याकुरेलले भने, सम्पत्ति धेरै छ । आफ्नो सन्तान छैनन् । त्यसैले सवै मेरालागि बालबच्चा नै सोचेर क्यापसमा जग्गा दान गरेको हुँ।' ७ दिनदेखी गरिएको धार्मिक महोत्वसमा २ करोड ५० लाख बरावर चलअचल सम्पती संकलन भएको महोत्सवका संयोजक सन्तबहादुर चन्दले बताए । 'हामीलाई सवै क्षेत्रबाट राम्रो सहयोग भयो । सवैभन्दा पहिले दिने दातामा कुलबहादुर विकले २१ हजारबाट सुरु भयो,' चन्दले भने, 'त्यसपछि मध्यपश्चिममै सवैभन्दा बढी दान गर्ने नौमुलेमै हुनुभयो। उहाँले दान गरेको जग्गा अहिले बिक्री गर्दासमेत ५१ लाख बढी नै हुन्छ।'क्याम्पस नहुँदा आफ्ना छोराछोरीले सदरमुकाम पुगेर पढ्नुपर्ने बाध्यता रहेको भन्दै यहाँका स्थानीयले ५ हजारदेखि १ लाख ६१ हजार रुपैँयासम्म दान गरेको आयोजकले जनाएको छ ।
nagariknews
Post a Comment