नेपालमा नाकाबन्दी लगाउँदा मोदीलाई पछुतो, सहयोगी छिमेकी खोज्दै भारत

नेपालसँग सम्बन्ध बिग्रिएकोमा पछुतो लागेको छ ।
मंगलबार भारत ‘अप्ठ्यारो’ छिमेकमा रहेको भन्दै मोदीले छिमेकीसँग सम्बन्ध सुधारका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।
दक्षिण भारतमा रहेको कोची शहर नजिकै एक जहाजमा सुरक्षा प्रमुखहरु उपस्थित कार्यक्रममा मोदीले भारतले आफ्नो छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न प्रयासरत रहेको बताए ।
उनले भने- ‘हाम्रो छिमेक हाम्रो भविष्य र संसारमा हाम्रो स्थानका लागि महत्वपूर्ण छ । तर हाम्रो छिमेक अप्ठ्यारो छ र यहाँ धेरै प्रकारका सुरक्षा चुनौतिहरु छन् ।’ मोदीको भनाईअनुसार सबैभन्दा नजिकको छिमेकी नेपालसँग सम्बन्ध विग्रिएपछि भारत अप्ठेरोमा परेको बुझिन्छ ।
अर्काे छिमेकी देश पाकिस्तानसँग धेरै पहिलेदेखि भारतको सम्बन्ध राम्रो छैन् । माल्दिभ्सदेखि श्रीलङ्कासम्म समुद्रमा र नेपालदेखि भुटानसम्म हिमालमा हामी आफ्नो राष्ट्रिय स्वार्थलाई र छिमेकीसँगको सम्बन्धलाई जगेर्ना गर्न लागिपरेको उनले बताए ।
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget