संविधान संशोधन विधेयक पास हुनेवित्तिकै नाकाबन्दी खुल्ने !

काठमाडौं, १ पुस । मंगलबार व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित हुनेवित्तिकै भारतले नाकाबन्दी हटाउने भएको छ ।
कांग्रेसले ल्याएको उक्त संशोधन प्रस्तावमा समानुपातिक समावेशीता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरी दुई वटा महत्वपूर्ण विधेयक रहेका छन् ।
उक्त संशोधन विधेयकले मधेसी जनताले थप अधिकार पाउने भएपछि भारतले नाकाबन्दी हटाउन लागेको स्रोतको दाबी छ । यसअघि दिल्ली पुगेर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चारबुँदे समझदारी गरेका थिए । जसमा मुख्य सीमांकन र संविधान संशोधनको विषय रहेका छन् ।
सीमांकनको टुंगो भने तीन महिनाभित्र लगाउने समझदारी भएको थियो । उक्त समझदारी कार्यान्वयनमा आएपछि भारतले नाकाबन्दी खोल्ने भएको हो ।
तर, आन्दोलनरत मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक अधुरो भएको भन्दै विरोध गरेका छन् । यता भारतीय राजदूत रञ्जीत रेले भने संविधान संशोधन प्रस्ताव मान्न र आन्दोलन फिर्ता लिन मधेसी नेताहरुलाई दबाब दिइरहेका छन् ।
‘दिल्ली अब पनि अल्झिरहने पक्षमा छैन । चारबुँदेलाई आधार बनाएर अघि बढ्न दुबै पक्षलाई सुझाव दिएको छ’ स्रोतले भन्यो ।
मधेसी नेताहरु भने सीमांकन टुंगो नलागेसम्म आन्दोलन फिर्ता नलिने अडानमा छन् । तर, भारतले नाका खोलिदिए मधेस आन्दोलन कमजोर हुने निश्चित छ । मंगलबार संसदमा पेश भएको संशोधन प्रस्ताव यसैहप्ताभित्र पास गर्ने सरकारको तयारी छ ।
आज बस्ने संसद बैठकमा भूकम्पपीडित पुनर्निर्माण प्राधिकरण पास गरिदैछ । संसद सचिवालय स्रोतका अनुसार शुक्रबारसम्ममा संविधान संशोधन विधेयक पास हुनसक्छ । यसअघि सरकारले नाकाबन्दी छिट्टै अन्त्य हुने दाबी गरेको थियो ।
सरकारले दाबी गरे जस्तै संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास भएपछि सीमा नाकाको अवरोध हट्ने देखिएको छलफलमा सहभागी मधेसी नेताहरु बताउँछन् ।
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget