पटना, पुस २ । भारतीय कम्यूनिस्ट पार्टी मालेले नेपालको तराई–मधेसमा भइरहेको आन्दोलन ‘नेपालको आन्तरिक मामला’ भन्दै नेपाल सरकारले नै समस्या समाधान गर्ने विश्वास व्यक्त गरेको छ ।
सो पार्टीका राष्ट्रिय महासचिव दीपंकर भट्टाचार्यले पटनामा पत्रकाहरुसँग भने, ‘हाम्रो पार्टीलाई पुरा विश्वास छ, नेपालले आफ्नो समस्या आफैं समाधान गर्न सक्छ ।’
उनले भने, ‘नेपालको आन्तरिक मामलाका रुपमा रहेको मधेस आन्दोलनमा भारतले हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने हो भने कश्मीर र पञ्जावका बारेमा पनि अन्य मुलुकले प्रश्न उठाउन सक्छन् ।’
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको बारेमा आफ्नो विदेश नीति परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।
उता, भारतको मधुबनीस्थित लदनियाँ थाना क्षेत्र अन्तर्गत योगिया गाउँमा तीन घरमा लुटपाट भएको छ । भारतीय अखबार दैनिक जागरणका अनुसार लुटपाटमा नेपालका मधेसीहरुको संलग्नता रहेको छ ।
imagekhaba
Post a Comment