काठमाडौं, मंसिर २९ । नेपाल–भारत सम्बन्धमा देखिएको गतिरोधको अवस्थालाई प्रतिशोधको मुद्दा नबनाइ सुल्झाउनुपर्नेमा विभिन्न क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन् ।
नेपाल–भारत मैत्री संघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा सहभागी विभिन्न दलका नेता, बुद्धिजीवी, पूर्वराजदूत, पूर्वगर्भनर, पूर्वसेनापतिलगायतले युगौंदेखिको सम्बन्धलाई सानातिना विवादका कारण बिगार्न नहुने बताए ।
मधेसीहरुका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने र नाकामा धर्नामा बसेकाहरु पनि सार्थक वार्तामा बस्नुपर्नेमा उनीहरुले जोड दिए ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजिय राय, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरद्वय हिमालय शम्शेर राणा, तिलक रावल, पूर्वराजदूत जयराज आचार्य, पूर्वसेनापति रुक्मांगद कटवाल एवं विभिन्न राजनीतिक दलसम्बद्ध डेढ दर्जन व्यक्तिहरुले धारणा राखेका थिए ।
imagekhabar
Post a Comment