भक्कानीदै मोदीले भने, छिमेकी अफ्ठेरो परे, मिल्ने भए फेरिन्थ्यो

 भक्कानीदै मोदीले भने, छिमेकी अफ्ठेरो परे, मिल्ने भए फेरिन्थ्यो
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीहरुका कारण भारत समस्यामा परेको बताएका छन् । उनले भारत ‘अप्ठ्यारो’ र असहज छिमेकीहरुका बीचमा रहेकाले अति समस्या परेको बताएका छन् । भारतका जल, स्थल र वायु सेनाका प्रमुखहरुसमेतको उपस्थितिमा भएको एक कार्यक्रममा मोदीले छिमेकीहरूसँग सौहाद्रपूर्ण सम्बन्ध स्थापना गर्न कोसिस गरिरहेको तर, बिभिन्न कारणले समस्या बढ्दै गएको बताएका छन् ।
कार्यक्रम मंगलबार साँझ भाररतको कोची नजिकै भए जहाजमा भएको थियो । कार्यक्रममा निकै भाबुक भएर प्रस्तुत भएका मोदीले हाम्रो छिमेक, हाम्रो भविश्य भए पनि पछमेकीहरुको बांगो व्यावहारका कारण समस्या भएका छन्, त्यसको न्युनिकरणकालागि छलफल पनि जारी रहेको छ भनेका छन् ।
उनले छिमेकी फेर्न नमिल्ने भएकाले जस्ता व्यावहार पनि सहनै पर्ने भन्दै नेपालमा भारत विरोधी गतिविधि बढेको प्रति सांकेतीक विरोध जनाएका थिए । छिमेकी फेर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेका मोदीले यो सम्भव नभएकाले सम्बन्ध नै सुधार गर्नुपर्छ भन्दै आफैंले जवाफ दिएका थिए ।
मोदीले नेपाल र भुटानजस्ता छिमेकीहरु हिमालसम्म फैलनु, श्रीलंका र माल्दीभ्स समुद्रको बीचमा रहनु र पाकिस्तानसँगको सम्बन्धमा उतार चढाव आइरहनु समस्या भएको बताए । पाकिस्तानसँग भैरहेको वार्ता पनि प्रगतिउन्मुख भएकाले सम्झौता हुने तर, भारतको हति विपरित अघि नबढ्ने बताए ।
नेपाल सन्देश

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget