राष्ट्रपति भण्डारी जनकपुर जाँदै, मधेसी मोर्चाले विरोध गर्ने

काठमाडौं, १ पुस । विवाहपञ्चमीका अबसरमा जनकपुरमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जान लाग्नुभएको छ ।
उहाँले जनकपुरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुका साथै टीका तथा प्रसादग्रहण गर्ने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई लिएर जनकपुरमा उच्च सुरक्षा अपनाइएको छ । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट लगिने बताइएको छ ।
उता, आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपति भण्डारीलाई जनकपुरमा अबरोध गर्ने चेतावनी दिएको छ । विरोध स्वरुप जनकपुरका विभिन्न स्थानमा कालोझण्डा राख्नुका साथै विरोध गरिने मधेसी मोर्चाले जनाएको छ ।
यसअघि मंगलबार मधेसी मोर्चाले जनकपुरमा राष्ट्रपति भण्डारीको पुत्ला पनि जलाएको थियो ।
राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणलाई लिएर मधेसी मोर्चाको टाउको दुःखाइ भएको छ । भण्डारीले जनकपुरमा पुगेर विवाह पञ्चमी कार्यक्रममा सहभागी भए आफूहरूको आन्दोलन मत्थर हुने मधेसी मोर्चालाई डर रहेको स्थानीयको भनाइ छ ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget