एमाओवादीका मन्त्रीहरुको एक पछि अर्को खुलासा मन्त्री रेखा शर्माको कमाउ धन्दा

मंसिर २९ । एमाओवादीबाट गृहमन्त्री बनेका शक्ति बस्नेतले भुकम्प पीडितको नाममा आफना मान्छे चिन भ्रमणमा पठाएको घटनाले पार्टीले उनलाई कारबाही नै अघि बढायो तर गृहमन्त्री बस्नेतले पहिलो पटक गरेको गल्ती भएकाले आत्मा आलोचना गराएर माफ मागेका थिए । राष्ट्रिय टोलिमा पर्नु छ भने मेस्सी बन्नु कि
चाप्लुसी गर्नु : स्ट्राइकर कर्ण गृहमन्त्रीको घटना सेलाउन नपाउदै सामान्य प्रशासन मन्त्री रेखा शर्माले कमाउ धन्दा गरेको खुलासा भएको छ । मन्त्री शर्माले सरुवामा आर्थिक लेनदेन गर्दै पार्टीको बदनाम गरेको माओवादी कै नेताले बताएका छन । सोमबार बसेको स्थायी समितिको बैठकमा सदस्यहरु नै मन्त्री शर्माको आलोचना गरेका थिए । माओवादीबाट २०६४ सालमा सामान्य प्रशासन मन्त्री बनेकी पम्पा भुसाल कर्मचारी सरुवा बढुवामा आर्थिक लेनदेन गर्ने मन्त्रीको सुचीमा पहिलो नम्बरमा पर्छिन तर अहिले पम्पा भुसाललाई रेखा शर्माले विट मार्न थालेको श्रोतले जनाएको छ । तीन पूर्वप्रधानमन्त्री सहित झन्डै १०० जना अख्तियारको फन्दामा कार्यालय तोकेर सरुवा नगर्ने नीति भए पनि मन्त्री शर्माले गाउँ विकास समितिको कार्यालयमा पनि तोकेर सरुवा गरेकी छिन् । कार्यालय तोकेर सरुवा गर्दा अनियमितता हुने गरेको पाइएपछि बाबुराम भट्टराई नेतृत्वको सरकारले मन्त्रालय वा अन्तर्गतमात्र सरुवा गर्ने नीति बनाएको थियो । तर मन्त्री शर्माले गाविस सचिवको सरुवासमेत कार्यालय तोकेर गरेकी छिन् । एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा सरुवा गर्न सम्बन्धित मन्त्रालयको सहमति चाहिन्छ । तर शर्माले सम्बन्धित मन्त्रालयको सहमति नै नलिई सरुवा गरेकी छिन् । शर्माले कर्मचारी प्रशासन महाशाखाको प्रमुखमा सरुवा गरेका सहसचिव कमल भट्टराई र उनको सचिवालयका कर्मचारीहरुले खुलेआम आर्थिक लेनदेनका आधारमा सरुवा सहमति दिएको गुनासो कर्मचारीहरुको छ । मन्त्री शर्माले सबै मन्त्रालयलाई मंसिर १० गते काजसरुवा फिर्ता गर्न निर्देशन दिइन् तर आपैmले काज सरुवा धमाधम गरिरहेकी छिन । उनले गरेका केही उदाहरण यि हुन इलाक हुलाक कार्यालय जमतोला बझाङमा कार्यरत खरिदार मणिराम पाध्यलाई मंसिर २२ गते कोटभैरव गाविसको कार्यालय बझाङमा काजसरुवा गरिएको छ । मन्त्री शर्माको मात्र उदाहरण होइन सामान्य प्रशासनले कार्यालय तोकेर मंसिर २२ गते नासु माधवी हुमागाईलाई जिल्ला प्रशासन कार्यालयबाट रक्षा मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै कम्प्युटर अपरेटर इश्वरकुमार भट्टराईलाई सार्वजनिक खरिद अनुगमन कार्यालयबाट शैक्षिक जनशक्ति विकास केन्द्रमा तोकेरै सरुवा गरिएको छ । रुपन्देही जिल्ला हुलाक कार्यालयका खरिदार सुदीप काफ्लेलाई स्थानीय विकास मन्त्रालय अन्तर्गत मुस्लिम आयोगमा सरुवा गरिएको छ । यसरी मन्त्री रेखा शर्माले आर्थिक लेनदेनका आधारमा सामान्यबाट धेरै कर्मचारी ऐन, नियम र मापदण्ड विपरीत सरुवा गरेपछि उनी पनि कति दिन टिक्ने हुन् भन्दै मन्त्रालयका कर्मचारीहरु गन्ती सुरु गर्न थालेका छन् ।
bizpati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget