अख्तियारले असुल्यो पूर्व कृषिमन्त्री पराजुलीबाट २ लाख ६० हजार

पुस १, २०७२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व कृषिमन्त्री हरिप्रसाद पराजुलीबाट २ लाख ६० हजार रुपैयाँ असुल उपर गरेको छ । मन्त्री रहेका बेला पराजुलीले गैर कानुनी रुपमा आफ्ना छोरा गिर्वाणविक्रम
पराजुलीलाई अष्ट्रेलिया भ्रमणमा पठाएको विषयमा अख्तियारले छानविन थालेको थियो ।
अख्तियारद्वारा बुधबार जारी विज्ञप्तीमा पूर्व मन्त्री पराजुलीले आफ्ना छोराको भ्रमण लागेको २ लाख ६० हजार रुपैयाँ दुग्ध विकास संस्थानको हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरेको जनाइएको छ ।
पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड बाँकेमा शेयर सदस्य रहेका आफ्ना छोरालाई संस्थानको खर्चमा गत असरा २९ देखि साउन ४ गतेसमम अध्ययन भ्रमण टोलीमा अस्ट्रेलिया पठाएका थिए ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget