छोरालाई अष्ट्रेलिया पठाउने पूर्वमन्त्री पराजुलीले जरिवाना तिरे

१ पुस, काठमाडौं । पूर्वकृषि विकास मन्त्री हरि पराजुलीले गैरकानूनी एवं अनुचित तरिकाले छोरालाई अष्ट्रेलिया भ्रमणमा पठाएवापत दुग्ध संस्थानलाई हर्जना तिरेका छन् ।
पूर्वमन्त्री पराजुलीले आर्थिक अनियमितता गरेको स्वीकार्दै दूग्ध विकास संस्थानलाई २ लाख ६० हजार रुपैयाँ तिरेका हु्न् । पराजुलीबाट उक्त रकम सोमबार असुल उपर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहप्रवक्ता एवं उपसचिव खगेन्द्रप्रसाद रिजालले बताए ।
गत असार १५ मा रोपाहार महिलाहरुसँग अश्लील हर्कत गरेपछि पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका थिए । पदबाट हटेपछि पराजुलीविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको थियो ।
पूर्वमन्त्री पराजुलीले छोरा गिर्वाणविक्रम पराजुलीलाई आफैं मन्त्रिपरिषदबाट निर्णय गराएर अष्ट्रेलिया भ्रमणमा पठाएका थिए । बाँकेको वनकटवा दुग्ध उत्पादक सहकारी संस्थाको सेयर सदस्य रहेका गिर्वाणले गत असार २९ देखि साउन ४ गतेसम्म अध्ययन भ्रमणका नाममा अष्ट्रेलिया डुलेका थिए । उनी दुग्ध विकास संस्थानको खर्चमा विदेश गएका थिए ।

मन्त्रिपुत्रको भ्रमणबाट दुग्ध संस्थानलाई २ लाख ६० हजार व्यवभार परेको भन्दै अख्तियारले पूर्वमन्त्रीबाट सो रकम असुलउपर गरेको सहप्रवक्ता रिजालले बताए ।
पूर्वमन्त्री पराजुलीले हिमालय बैंकमा रहेको दुग्ध संस्थानको खातामा मंगलबार २ लाख ६० हजार रुपैयाँ जम्मा गरेको अख्तियारले जनाएको छ ।
गृहमन्त्री बस्नेतसँग पैसा उठाउने बाटो खुल्यो
पूर्वकृषिमन्त्री पराजुलीले छोराको विदेश भ्रमणको पैसा फिर्ता गरेपछि अख्तियारको अब यो नजिर अब गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रचण्डका ज्वाइँमाथिसमेत लागू हुने बाटो खुलेको छ ।
गृहमन्त्री बस्नेतले भूकम्प पीडितको कोटामा आफ्नी छोरी, ससुरालीहरु, नातेदार र प्रचण्डकी नातिनीलाई समेत चीन भ्रमणमा पठाएका छन् । मन्त्री बस्नेतले आफूबाट गल्ती भएको समेत स्वीकार गरिसकेका छन् ।
onlinekhabar

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget