राजेश पायललाई राजेश हमालको सल्लाह : मैले बिहे गर्‍यो भनेर हाम फालेर बिहे नगर्नुस्


पुस १, २०७२- नायक राजेश हमाल लामो समय अविवाहित रहँदा प्राय: सोधिने प्रश्न नै ‘बिहे कहिले गर्ने’ हुन्थ्यो । गत वर्ष विवाह गरेपछि भने राजेश यतिबेला अन्यलाई विवाह सम्बन्धी सल्लाह दिन थालेका छन् । यस्तै भयो, बुधबार थिएटर भिलेजमा ।

राजेशले अविवाहित गायक राजेशपायल राईलाई विवाहबारे सल्लाह दिँदै भने, ‘मलाई त आफू घर गृहस्थीको लागि जन्मेकै होइन जस्तो लाग्थ्यो त्यसैले लामो समय विवाह नै गरिनँ । उहाँ (राजेशपायल) को मनस्थिती पनि त्यस्तै हो र एक्लै रमाउन सक्नुहुन्छ भने त धैर्य राख्नुस् । हैन भने राजेश हमालले त बिहे गर्‍यो भनेर हाम नफालिहाल्नुस् ।’

नायक राजेशलाई मितज्यू भनेर सम्बोधन गर्न रुचाउने गायक राजेशले भने आफ्नो चित्त बुझे बाबुआमाको नबुझ्ने र उहाँहरुको चित्त बुझाउँदा आफ्नो नबुझ्ने अप्ठ्यारोले गर्दा विवाह नभईरहेको खुलाए । ‘कुनैबेला मलाई राजेशपायल रक्सी, चुरोट खानकै लागि जन्मेको हो जस्तो लाग्थ्यो । आखिर त्यस्तो चीज त छोडियो भने एक्लो जीवनलाई पनि त भगवानले छुटाउलान् नी’ गायक राजेशले सबै जस भगवानलाई दिएर उम्कन चाहे ।
दुवै राजेशले अनलाइन पत्रिका सेतोपर्दा डटकमको बुधबार लन्च गर्ने क्रममा राखिएको अन्तक्र्रियामा विवाह प्रसंग कोट्याइएको हो । गोप्यता रुचाउने नायक हमालले विवाहपछि भने सामन्जस्य मिलाउन हम्मेहम्मे परेको अनुभव पनि सुनाए । ‘पहिले मेरो चिठी त ममीले नखोलि दिनुपथ्र्यो । अहिले माया, स्नेह, चासोले हो अथवा के कारणले हो मेरो बारेमा उनले चासो राख्छिन्,’ राजेशले पत्नीले आफुबारे राखेको चासोप्रति थपे, ‘खासगरी फोनमा आउने म्यासेजका कारण घरायसी समस्या आउने हो की भन्ने लाग्छ । कुन सन्दर्भमा कस्ताले गरेको म्यासेज दोस्रो पक्षले सही ढंगले नबुझ्ने पनि हुनसक्छ ।’
नायक राजेशले पछिल्लो समय अनलाइन पोर्टलले प्रभावकारी भुमिका खेलिरहेको टिप्पणी गर्दै भने, ‘यतिसम्मकी अहिले त विदेश जाँदा मेरै बारेमा जानकारी दिनुहुन्छ । खुशी लाग्छ ।’ मिडियामा आउने सकारात्मक वा नकारात्मक समाचार, टिप्पणीलाई प्रतिरक्षा गर्दै उनले थपे, ‘जे जस्तो भए पनि प्रतिक्रिया आउनु सकारात्मक नै हो । प्रतिक्रियाबिहीन हुनु भनेको निस्क्रिय हुनु हो । त्यस्तो भएको खण्डमा खतरा हुन्छ । बरु जस्तो भए पनि प्रतिक्रिया झेल्नुपर्छ र सन्तुलन कायम गर्न सक्नुपर्छ ।’

उनले अनलाइन पत्रकारितामा पनि समस्या रहेको औल्याऊदै भने, ‘अहिले आकर्षक हेटलाइन राख्ने तर भित्र केही नहुने चलन छ । अचेल त्यस्तो हेडलाइन देख्यो भने झन् पढ्न मन लाग्दैन । एकपटक त राजेश हमालले आत्महत्या गर्दै भन्ने सम्मको देखेको थिएँ ।’ दुई राजेशबीचको अन्तक्र्रियाको सहजीकरण निर्देशक समाज अध्यक्ष दिनेश डिसीले गरेका थिए ।
ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget