मधेशी नेताहरुले इमोशनल ब्याल्कमेलिंग गरेः भट्टराई

पोखरा, २९ मंसिर-
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले केही मधेशी नेताहरुले आफ्नो सत्ता प्राप्तिका लागि इमोशनल ब्याल्कमेलिंग गरिरहेको आरोप लगाएका छन् ।

प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भट्टराईले मधेशका अधिकांश मुद्धा भावनात्मक भएको बताए ।

‘तराईका जनता सोझा छन्’ उनले भने– ‘उनीहरुको सोझोपनको फाईदा केही नेताहरुले उठाउन खाजेका हुन् । मधेशको मुद्धा विल्कुल भावनात्मक हो ।’

हिजो कुनै एक समय मधेशमा विभेद भएपनि अहिले पनि त्यस्तै विभेदको व्याख्या गरिएको बताउँदै भट्टराईले अहिलेको आन्दोलन गुमेको सत्ता पुर्नजीवित गर्ने मधेशी नेताहरुको प्रयास मात्रै भएको दावी गरे ।

मधेशी नेतालाई बाघ र जनतालाई बाख्राको संज्ञा दिँदै उनले भने मधेशमा बाख्रा र बाघ छुट्याउनुपर्ने अवस्था आएको छ । बाघबाट मधेशी जनतालाई जोगाउनकै लागि एमाले मधेश झरेको हो ।

उनले एमालेले मधेशमा आफ्नो अभियानलाई प्रभावकारी ढंगबाट संचालन गर्ने पनि बताए । सिमित थारु नेता बाहेक अरु जनताको सुरक्षा गर्नका लागि एमाले तराई झरेको भट्टराईको भनाई थियो ।
etajakhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget