एक प्रचार अभियानका क्रममा जनतासँग भेटघाट गरिरहेका बेला प्रधानमन्त्री मारियानोमाथि आक्रमण भएको हो । एक जना नागरिकसँग कुराकानी गरिरहेका बेला दायाँ साइडमा उभिएका युवकले उनको मुखमा थप्पड हानेर भाग्ने प्रयास गरेका थिए । तर, त्यहाँ खटिएका प्रहरी र उपस्थित जनताले समातेका थिए ।
स्पेनका सञ्चारमाध्यमका अनुसार मारियामाथि एक १७ वर्षीय युवकले उनको बायाँ गालामा थप्पड हानेका थिए । यो झापडले उनको चश्माको शीशा टूट्यो र उनलाई गम्भीर चोट पनि लाग्यो । घटनालगत्तै युवकलाई गिरफ्तार गरियो ।
प्रधानमन्त्री मारियानाले घटनापछि आफू ठिक भएको बताए तर, वाया तर्फको गालामा रातो निशान रहेको छ । समाचार अनुसार सेल्फी लिने बहानामा ति युवकले प्रधानमन्त्रीमाथि आक्रमण गरेका हुन् । (एजेन्सीको सहयोगमा)
dainiknepal
Post a Comment