२९ मंसिर, काठमाडौं । आधा दर्जन दाताहरुले भूकम्पको पुननिर्माणका लागि ५९ अर्ब ५१ करोड रुपैयाँ खर्च गर्न सरकारसँग सम्झौता गरिसकेका छन् ।
मरासिनीका अनुसार जापानसँग २२ अर्ब १० करोड रुपैयाँका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । सम्झौतापत्रमा हस्ताक्षर गर्नमात्रै बाँकी छ । जापानले दिने यो सहयोग विद्यालय, हाउजिङ र पुननिर्माणका लागि बजेटरी सपोर्ट हो ।
चीनले अर्थमन्त्रालयसँग गत जुलाई २३ मा १० मिलियन डलर अर्थात १ अर्ब रुपैयाँ नगद अनुदान दिने सम्झौता गरिसकेको छ । त्यसैगरी, विद्यालय, हाउजिङ र पूर्वाधारमा खर्च गर्नका लागि विश्व बैंकले अगस्ट १४ मा अर्थ मन्त्रालयसँग ३०० मिलियन डलर अर्थात ३० अर्ब रुपैयाँ दिने सम्झौता गरिसकेको छ । विश्व बैंकको सहयोग बजेटरी सपोर्ट हो ।
त्यस्तै, एसियाली विकास बैंकले पनि विद्यालय, हाउजिङ र पूर्वाधारमा खर्च गर्नका लागि अगस्ट २७ मा २०० मिलियन अर्थात २० अर्ब रुपैयाँ दिने सम्झौता गरिसकेको छ । एडीबीको पनि बजेटरी सपोर्ट हो ।
आइएमएफले सम्झौता गरेको ५० मिलियन डलर अर्थात ५ अर्ब रुपैयाँ र्यापिड क्रेटिड फेसिलिटी हो । अप्ठ्यारो अवस्थामा आइएमएफले यस शीर्षकमा सहुलियत दरको ऋण उपलब्ध गराउँछ । आइएमएफको सहुलियत दरको ऋण हो ।
त्यसैगरी, जर्मनीले मंसिर २८ गते सोमबार मात्रै ३० मिलियन यूरो अर्थात ३ अर्ब ५१ करोड रुपैयाँ बजेटरी सपोर्ट गर्ने सम्झौता गरेको छ ।
यो पनि पढ्नुहोस्- नेपालको पुनर्निर्माणका लागि जुट्यो ४ खर्ब ४० अर्ब
गत बैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पले भत्काएका संरचनाको पुननिर्माण गर्न ७ खर्ब रुपैयाँ लाग्ने सरकारको प्रतिवेदन छ । सरकारले पुननिर्माणका लागि स्रोत जुटाउन ०७२ असार १० गते काठमाडौंको सोल्टी होटलमा अन्तराष्ट्रिय दाता सम्मेलन गरेको थियो ।
onlinekhabar
Post a Comment