भूकम्पको केन्द्रबिन्दू बारपाक पुगे प्रधानमन्त्री प्रशन्न पोखरेल

गरेका छन् ।

बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले बारपाकलाई एकीकृत बस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताए । केयर नेपालको तीन करोड ५० लाख रुपैयाँको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।

प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई दुई लाख रुपैयाँ अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई १५ लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओली त्यसपछि भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गरेका छन् । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे उनले जानकारी लिनेछन् ।

छेकम्पारपछि उनी उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिए ।

प्रधानमन्त्री विहीबारै गोरखा सदरमुकाम फर्कनेछन् । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी रहेका छन् । रासस
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget