फेसबुक, ट्विटर, भाइवर वा मोबाइलमा आउने सन्देश, जसले मानिसहरुको घरयासी सम्बन्धमा ठूलो दरार ल्याउने गरेको छ । प्रविधीको विकाससँगै मानिसले आफ्नो व्यक्तिगत जीवन पनि जिउन चाहेको हुन्छ । तर, व्यक्तिगत जीवन जिउन चाहने उसको चाहना परिवार वा आफन्तले नवुझ्न पनि सक्छन् । नायक राजेश हमालले आफूलाई पनि यस्तै खालको समस्या परेको खुलाएका छन् ।
काठमाण्डौमा आज आयोजना भएको सेतोपर्दा नामक अनलाइन सार्वजनिक कार्यक्रममा हमालले सामाजिक संजाल र प्रविधीले गर्दा पनि घरयासी समस्या आउने गरेको बताए । हमालले भने-‘म प्राय व्यक्तिगत कुराहरुलाई गोप्य नै राख्नु पर्छ भन्ने पक्षमा छु । लामो समयसम्म एक्लो जिवन जिएकाले पनि हुनसक्छ, म यस्तै कुरामा अगाडि बढे । तर, अर्धाङ्गीनीले यस्तो कुरा नवुझ्दा केही समस्या त हुने रहेछ ।’
उनले भने-‘यो मायाले हो कि, स्नेहले हो कि किन हो थाहा भएन । म व्यक्तिगत जीवनमा गोप्यतालाई महत्व दिन्छु । तर, तेश्रो व्यक्तिले मोबाइल वा सामाजिक संजालमा आउने म्यासेस नवुझ्दा समस्या उत्पन्न हुन्छ ।’
हमालका अनुसार उनको श्रीमतीले उनको मोबाइलमा वा जिमेल वा फेसबुकमा आउने म्यासेसको पृष्ठभूमी नै वुझेकी हुदिनन् । एक्कासी आएको म्यासेस हेर्दा अन्य कुरा सोच्ने अवस्था हुन्छ ।
कुनै पनि व्यक्तिले पठाउने म्यासेसलाई पुरा नहेर्ने हो भने गलत अर्थ लाग्ने र त्यसले ठूलै समस्या पार्ने हमालको वुझाई छ । यसैले उनले यस्तो बिषयमा समय-समयमा घरमा छलफल पनि गर्ने गरेको बताए ।
नेपाली कला, संकृती, चलचित्र, रंगमञ्च, सांगीतिक क्षेत्र लगायतका सबै विधालाई समेटेर अगाडि बढ्ने उद्देश्यले सेतोपर्दा नामक अनलाइन संचालनमा ल्याइएको यसका संचालक मध्येका एक कुवेर डंगोलको भनाई छ । नायक राजेश हमाल र गायक राजेशपायल राइले यो अनलाइनको शुभारम्भ गरेका हुन् ।
onlinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.