| २०७२ पौष १ बुधवार
फोटो :समाचार प्रतिनिधी फोटो
नेपालगन्ज: गुलरिया सडक खण्डको मानपुरमा बुधबार स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
नेपालगन्जका –५ का २२ वर्षीय सुमन न्यौपाने र बर्दिया जमुनी ३ का बिदुरकान्त खनालको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा नेपालगन्ज–५ का २५ वर्षीय उत्तम न्यौपाने भने गम्भीर घाइते भएका छन् । उनको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।
नेपालगन्जतर्फ आउदै गरेको भे ५ प ७७१८ नम्बरको स्कुटर नियन्त्रण गुमाएर मानपुरको घुम्तीमा रहेको विद्युतको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
Post a Comment