कन्हैयाको टाउकाको मोल तोक्ने पक्राउ

नयाँ दिल्ली—देशद्रोह आरोपी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी संघका अध्यक्ष कन्हैयाकुमारलाई गोली हानी हत्या गर्नेलाई ११ लाख रुपैयाँ प्रदान गर्छु भन्दै सार्वजनिक सूचना जारी गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ।

पूर्वाञ्चल सेनाको नाउँमा दिल्ली प्रेस क्लब बाहिर शनिबार राति सो व्यवहारोको पोस्ट लगाइएको थियो। पोष्टरमा आदर्श शर्माको नाम तथा नम्बर दिइएको थियो।

प्रहरीले गोप्य ढंगले यो मुद्दामा अनुसन्धान गरेको थियो। आदर्शलाई पक्राउ गर्नुअघि उनको बैंक अकाउन्ट जाँच गर्दा जम्मा १५० रुपैयाँ पाइएको थियो। बिहारको बेगुसरायबासी आदर्श भाडामा कोठा लिएर दिल्ली बस्दै आएको प्रहरीले जनाएको छ। कन्हैयाकुमार पनि बिहारको बेगुसरायकै हुन्।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget