फागुन २६ मा हुने सूर्यग्रहणसम्बन्धी रोचक जानकारी

कुनै पनि साधारण मानिसका लागि ग्रहण एउटा आश्चर्यलाग्दो खगोलीय घटना हुनसक्छ, चाहे त्यो सूर्यग्रहण होस् या त्यो चन्द्रग्रहण । साधारण मानिसले यस्तो घटनालाई एउटा अलौकिक र विरलै हुने घटनाको रुपमा लिएको पाइन्छ । साच्चै भन्ने हो भने ग्रहण एउटा प्राकृतिक र निरन्तर भइरहने साधारण खगोलीय घटना क्रममात्र हो ।

साधारणतया सूर्यग्रहणको तुलनामा चन्द्रग्रहण धेरै भएको जस्तो देखिन्छ तर पनि वास्तवमा सूर्यग्रहणको संख्या चन्द्रग्रहणको भन्दा धेरै हुने गर्दछ अर्थात् एकवर्षमा सवैभन्दा बढी तीनवटा चन्द्रग्रहण भयो भने चारवटासम्म सूर्यग्रहण हुनसक्दछ अर्थात् सूर्यग्रहण र चन्द्रग्रहणको अधिकतम अनुपात चार र तीनको हुने गर्दछ । पृथ्वीको आधा भागमा रहेका मानिसहरुले एकैपटक चन्द्रग्रहण लागेको दख्न सक्छन् भने सूर्यग्रहणको दृश्य पृथ्वीका केवल सय माइलभन्दा कम चौडाइ र तीनहज्जार माइल लम्बाईमा बस्ने मानिसहरुले मात्र देख्न सक्दछन् । त्यसैले पृथ्वीका मानिसहरुले चन्द्रग्रहण धेरै भएको जस्तो अनुभव गर्दछन् वास्तवमा त्यो सत्य होइन ।

ग्रहणको अवधि चन्द्रमा पृथ्वी र सूर्यको दूरीमा निर्भर गर्ने गर्दछ । परन्तु सर्वसूर्यग्रहण अधिकतम आठ मिनेटसम्म लाग्नसक्दछ भने सर्वचन्द्रग्रहण दुईघण्टा भन्दा केहिकम समयसम्म लाग्न सक्दछ भने खण्ड र सर्वग्रास ग्रहण गरेर चन्द्रग्रहणको अवधि ३ घण्टा ४८ मिनेट सम्म पनि हुन सक्दछ । यो समय मध्यममानले बताईएको हो, सूक्ष्म गणित गरी ग्रहणको समय सीमा निर्धारण गर्ने गरिन्छ जसमा केहि फरक हुन सक्दछ ।

यस बर्ष सन् २०१६ को पहिलो सूर्यग्रहण फागुन २६ गते बुधबार लाग्ने सूर्यग्रहण नै हो ।

सूर्यग्रहण हेर्दा सूर्यबाट आएका किरणहरुलाई हाम्रो आखा भित्र पस्न नदिन विभिन्न खालका सावधानीहरु अपनाउनु पर्ने हुन्छ भने चन्द्रग्रहण जो कोहिले पनि नाङ्गो आखाले सजिलै हेर्न सक्छन् । चन्द्रग्रहण टेलीस्कोप, वाइनाकुलर, क्यामरा वा अरुकुनै सामाग्रीले हेर्दा केहि असर गर्दैन चन्द्रग्रहणमा कुनै त्यस्ता आखालाइ हानी नोक्सानी पुर्याउने खालका किरणहरु आएका हुँदैन ।

यो ग्रहण नेपालको काठमाण्डौमा २६ गते विहान सूर्यको उदय ६ः१९ मिनेटमा हुनेछ तथा त्यस बेलामा ग्रहणलागेको हुनेछ भने ७ः०१ बजे ग्रहण समाप्तहुने छ । नेपाली पात्राहरुमा ग्रहणको गणना आफैले नगरी भारतीयहरुले जुन समय गणनागरी राखेका छन् त्यसैलाइ सुटुक्क चोरी लेखेको देखिन्छ । नेपालमा गणनागर्न जान्ने मानिसहरु नभएकात होइनन् तथापि पञ्चाङ्गगणकहरुले ग्रहण गणना गर्ने गरेको पाइदैन । सायद पञ्चाङ्गगणकहरु र पञ्चाङ्गनिर्णायककर्ताहरु को चयन गर्दा योग्यताको आधारमा नभइ पउचको आधारमा नियुक्त हुने परम्परा भएकाले यस्तो हुन पुगेको हुनसक्छ ।

ग्रहण सम्बन्धी तत्थ्यहरु

– नेपालमा सूर्यग्रहण विहान ६ः१९ बाट मात्र देखिन्छ ।
– ग्रहणको समाप्ति साझ ७ः०१ मा हुनेछ
– यो ग्रहणलागेको दृश्य नेपाल, भारत, चीन, पाकिस्तान, आदिमुलुकहरुबाट सूर्य उदाउँदा देख्न सकिन्छ ।
– यसै नाङ्गो आखाले कुनैहालतमा सूर्यग्रहण हेर्न हुदैन, एक्स रे, वा ध्वासो लगाएर बनाएको सिसा आदि केहि बाट पनि यो ग्रहण हेर्न हुदैन आखा तुरुन्त विग्रन सक्छ ।
– हामीहरुसग बिशष किसिमका सूर्यहेर्नका लागि मात्र प्रयोग हुने चश्माहरु उपलब्ध छन् ती चश्मा लगाएर सूर्यहेर्न सकिन्छ ।

यो सूर्यग्रहण बिशेष फील्टर जडित टेलीस्कोपको माध्यमबाट हेर्न चाहने सम्पूर्ण इच्छुक व्यक्तित्वहरुलाई तक्षशिला एष्ट्रनोमी क्लबले सामाखुशी स्थित तक्षशिलाकलेजको छतबाट निःशुल्क रुपमा हेर्नसक्ने व्यवस्था मिलाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget