स्ट्राइकर नवयुग श्रेष्ठ घाइते, उपचार हुँदै

बाराः सातौं सिमरा गोल्डकपमा फुटबल प्रतियोगितामा थ्री स्टारविरुद्ध खेल्ने क्रममा नेपाली फुटबल टीमका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएका छन् ।

आर्मीले क्वाटर फाइनल भिडन्तमा थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको खेलमा नवयुगले भने टाउकोमा गम्भीर चोट व्यहोर्नुपरेको हो ।

विशाल तामाङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै आर्मीलाई सेमीफाइलनमा पु¥याएको खेलमा नवयुग भने ७८ औं मिनेटमा घाइते हुन पुगे ।


नेपाल आर्मी क्लबका भरपर्दा स्ट्राइकर नवयुग खेलको ७८ औं मिनेटमा टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए ।

आर्मीका लागि बल अघि बढाउँदै गर्दा थ्री स्टारका पिटर सेगनले क्लियर गर्ने क्रममा नवयुगको टाउकोमा चोट लागेको हो ।

पिटर सेगनले बल क्लिय गर्दा उनले लगाएको जुत्ताले नवयुगको टाउको फुटेपछि तत्काल एम्बुलेन्समा हालेर सिमरास्थित तराई सिमरा अस्पताल लगिएको थियो ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget