मधेसी मोर्चाको ‘हेडक्वाटर’बाट आयो नयाँ खबर, प्रधानमन्त्रीलाई पनि नछाड्ने

विमल योगी
काठमाडौं, २७ फागुन । तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार बालुवाटार घेर्ने भएको छ ।
मोर्चाको ‘हेडक्वाटर’ विजुलीबजारबाट प्राप्त समाचार अनुसार शुक्रबार (भोली) विहान ९ बजे मोर्चाका सबै नेताहरु बालुवाटार जाने तय भएको छ ।
पाँच महिनासम्म तराईमा आन्दोलन गरी अहिले विश्राम गरिरहेको मोर्चा शक्ति सञ्चितसहित फेरि आन्दोलनको तयारीमा छ ।
यसैक्रममा माग सम्बोधन गराउनका लागि दबाब दिन मोर्चामा आबद्ध ७ दलका शीर्षसहित सबै नेताहरु बालुवाटार जाने भएका हुन् । उनीहरुले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नछाड्ने भएका छन् ।
‘हामी भोली विहानै बालुवाटार जान्छौ । नाराबाजी गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउँछौं ।’ सदभावना पार्टीका महासचिव मनीष सूमनले दैनिक नेपालसँग भने ।
उनका अनुसार मोर्चाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै फेरि पनि नसुने आन्दोलनको चेतावनी पनि दिनेछ ।dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget