बुहारी र नातिको विचल्ली पार्ने प्रचण्ड नेपाल ग्यासका मालिक

काठमाडौं । कुनै बेला मान्छेको करङ भाँच्ने काम बहादुरी थियो । धम्काउने जमिनदारी कमाएको एमाओवादीको युवा संगठन वाइसिएलका अध्यक्ष गणेशमान पुनलाई आपूर्तिमन्त्री बनाएर जनताको दैनिकसँग सिङ्गो पार्टी र पार्टी अध्यक्ष प्रचण्डले खेलवाड गरेका छन् । नेपाल ग्यासमा प्रचण्डको लगानी छ ।

भारतीय आपूर्ति मन्त्रीसँग समबन्ध राख्न पनि नसक्ने इण्डियन आयल कर्पोरेशनसँग सम्पर्क गरी देशमा बढेको इन्धन हाहाकारमा मलम लगाउन पनि नसक्ने गणेशमान पुन आफैं खटेका छन् । आफ्नो लागि कमाई त कर्मचारीसँग मिलेर उनले गरे होलान् तर समग्र राष्ट्रका हित गर्न सकेनन् ।  खबर दबाबमा छापेको छ ।

त्यो पनि आमूल परिवर्तनकारी पार्टी एमाओवादी भ्रष्टचार चुर्लुम्ब छ । एमाओवादी नेतृत्वले आपूर्ति मन्त्रालयको हैसियत र गरिमा बुझ्न नसक्दा अलिहेको समस्या झन् बढेको हो । सो मन्त्रालयले आपूर्ति व्यवस्था विभागलाई पनि सक्रिय बनाउन सकेको प्रमाण त भारतीय समकक्षीसँग सम्बन्ध बढाउन सकेन ।

आफ्नै अधीनको केयर दुगर्ड समूहले धारा तोरीकोा तेलमा गरेको बद्मासीलाई लिन सकिन्छ । खाद्य संस्थान, साल्ट टे«डिङ, नेसनल टे«डिङजस्ता निकायहरु सो मन्त्रालयअन्तर्गत छन् । तर मन्त्री परे अल्लारे, उनको इमानदारीतालाई नेपाल आयल निगमका लुटाहा कार्यकारी निर्देशक गोपालबहादुर खड्काले लोप्वा दिएका छन् ।

चर्चामा आएअनुसार आमूल परिवर्तनकारी नेता पुष्पकमल दाहालको लगानीमा नेपाल ग्यास उद्योगको सवामित्व लिइयो । प्रचण्डका सालो नेपाल ग्याँसको महाप्रबन्धक रहेका छन् । ज्वाइँ अर्जुन पाठक आपूर्तिमन्त्री पुनको पिए छन् । जनताले महिनौं कुर्दा पनि नेपाल ग्यास पाउँदैनन् ।

तर तारे होटल रेस्टुराँहरुमा भने नेपाल ग्यास प्रशस्त पुगेको छ । कार्यकर्तालाई श्रमसँग जोड्न उत्पादन केन्द्रित गराउने नीति लिएको एमाओवादी नेतृत्वले प्रचण्डको कालो बजारीलाई उत्पादन र श्रमसँग जोडेको होकि जनतालाई नेपाल ग्यासको कालो बजारबाट गिज्याएको हो ? लाजिम्पाटले जवाफ दिन जरुरी छ ।

जहाँको शासन महारानी सिता पौडेलको हातमा छ । त्यसो त प्रचण्ड परिवारको छाडापन र परिवर्तनविरोधी चरित्रको जतिसुकै जुनसुकै शब्दले भत्र्सना गरे पनि पुग्दैन । सर्वहारवर्गका नेता भएकाले प्रचण्डले बुहारीको विवाह दर्ता पनि गरेनन् नातिको जन्मदर्ता पनि गरेनन् ।

सीताद्वारा हेपिएकी कंशपुत्र प्रकाशद्वारा पीडित माहिली पत्नी सिर्जना त्रिपाठीले एमाओवादी कास्की जिल्लाको बैठकमा डाँको छोडेर भक्कानिँदा प्रचण्डलाई परमेश्वर ठान्ने हनुमानहरुको मन छोयो कि छोएन प्रश्न छँदैछ । पार्टी शान्तिवार्तामा आएपछिका एमाओवादीका प्रत्येक नेताहरुले पञ्चले ३० वर्षमा नगरेका कांग्रेस एमालेले १४ वर्षे संसदीयकालमा समेत गर्न नसकेको भ्रष्टाचार गरेका छन् ।

राष्ट्रको राजनीति हाम्रो वरपर छ भन्ने प्रचण्ड र एमाओवादी नेताहरुको हुँकार आफ्नै शब्दमा क्रान्ति सहिद परिवार सीता र प्रकाशको अत्याचारमा परेकी बुहारी सिर्जना त्रिपाठीको चित्कारले दुत्कार्छ कि स्वकार्छ समय पर्खनै पछै ।

आपूर्ति मन्त्रालय मात्र होइन, एमाओवादीले राष्ट्र हाँक्नुपर्ने दायित्व पाएको बेला, त्यो पार्टीका सरकार सञ्चालकहरु दीनानाथ शर्मा र गणेशमान पुनजस्तै भष्मासुरहरु अगाडि आए भने देश सोमालिया नहोला भन्न सकिन्न । आपूर्ति मन्त्रालयजस्ता जनसरोकार मन्त्रालय लिएर एमाओवादीले गरेको खेलवाडप्रति जनता आक्रोशित छन् ।
newsabhiyan
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget