प्रहरी कार्यालयमा तोडफोड,४ सटगन-२ राउन्ड हवाइ फायर तथा अश्रुग्याँस प्रहार,केहि प्रहरी घाइते

एक महिलाको मृत्युका विषयमा भएको विवाद पछि स्थानीयबासीले इलाका प्रहरी कार्यालय लुहाममा तोडफोड गरेपछि प्रहरीले हवाइफायर तथा अश्रु ग्याँस प्रहार गरेको छ ।





स्थानीयबासीहरुले प्रहरी तथा प्रहरी भवनमाथि ढुंगा प्रहार तथा आक्रमण गरेपछि ३ राउन्ड अश्रु ग्याँस, ४ राउन्ड सटगण र २ राउन्ड हवाइ फायर गरेको हो ।

आन्दोलनकारीले प्रहार गरेको ढंगा प्रहारबाट २ प्रहरी जवान खड्क सुनार र दिपेन्दं्र श्रेष्ठ घाइते भएका छन् । आन्दोलनकारीले हानेको ढुंगा लागेर प्रहरी भवनका शिसा फुृटेको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख सुरेन्द्र गौतमले जानकारी दिनु भयो । प्रहरी र भवनमाथि आक्रमण तथा ढुंगा प्रहार गर्ने ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



यहि फागुन २३ गते राती आफ्नै घरको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी त्रिवेणी गाउँ विकास समिति वडा न ७ पोखरीकी २५ वषिर्या निर्मला विकको मृत्यु कि हत्या भन्ने विषयमा मृत्तकका आफन्त र स्थानीयबासीबिच विवाद भएको प्रहरी प्रमुख गौतमले जानकारी दिनु भयो । प्रहरी र प्रहरी भवनमा आक्रमण गर्ने ९ जनालाई आफ्नो नियन्त्रणमा लिएको प्रहरीलेल जनाएको छ ।

आक्रमणमा सलंग्न भएको भन्दै प्रहरीले झिम्पे निवासी ज्ञान बहादुर विक, त्रिवेणी ७ का लाल बहादुर नेपाली, त्रिवेणी ७ का १७ वर्षिय विनोद विक, ७ कै ३० वर्षिय तुत्सी विक, ७ की २५ वर्षिया गौरी रेउले, सात कै पवित्रा विक , शोही ठाउँकै २६ वर्षिय शोभा शर्मा डाँगी , त्रिवेणी ४ की ५२ वषिर्या शुसिला विक र दमाचौर ७ की हिमा विक रहेका छन् । विकको हत्या भएको भन्दै आफन्तले बुधबार ४ जनामाथि किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी अनुसार आरोपितहरुलाई प्रहरी नियन्त्रणमा लिई अनुसन्धान भई रहेको भएपनि आफन्तले आरोपितलाई जवर्रजस्ती कबुल गराउनु पर्ने भन्दै प्रहरीमा पुगेको गौतमले बताउनु भयो ।

मृत्तकका आफन्तले त्रिवेणी ६ की ३५ वर्षिया माघुरी बुढाथोकी, त्रिवेणी ६ का ५२ वर्षिय गोपीलाल बुढाथोकी, त्रिवेणी ४ की २८ वर्षिया मोती खड्का र ४ कै २२ वर्षिया दुर्गा बोहरा रहेका छन् । उनीहरु उपर अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

  News24Nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget