डरलाग्दा भीर र अत्यासलाग्दा पहाड छिचोल्दै नेपाल–चीन जोड्ने सडक बनाउदै नेपाली सेना


नेपाल–चीन जोड्ने एक प्रमुख रसुवागढी नाकाको सडक निकै दयनीय अवस्थामा छ । बेत्रावतीदेखि सुवागढीसम्मको सडक निकै जोखिमपूर्ण र साँघुरो छ ।यसको विकल्प खोज्न मैलुङ स्यापु्रबेसी जोड्ने सडक निर्माणको जिम्मा सेनालाई दिइएको छ । नेपाली सेनाले बाटो पनि खनिरहेको छ । यद्यपी विभिन्न खाले अन्योलताले सेनासमेत अलमलमा परेको छ ।





डरलाग्दा भीर र अत्यासलाग्दा पहाड छिचोल्दै नेपाली सेनाले मैलुङ स्याफ्रुबेसी जोड्ने सडक निर्माणको काम गरिरहेको छ ।

सेनाले ४ किलोमीटर सडकलाई २ लेनको बनाउन लागेको हो । २ किलोमिटर भन्दा बढी सडकको ट्रयाक सेनाले खोलिसकेको छ भने १ किलोमीटर भन्दा बढी सडक २ लेनको छ ।

बेत्रावतीदेखी मैलुङ हुदै स्याफ्रबेसी जोड्ने यो सडक बेत्रावती हदै स्याफ्रबेशी पुग्ने सडकभन्दा २३ किलोमिटर छोटो हुनेछ भने घुम्ती र मोड पनि छिचोल्नु पनै छैन ।

सुरुमा २ बर्षमा सक्ने भनिए पनि रसुवागढी जोड्ने सडक भएकोले १८ महिनामा नै काम सक्ने गरी काम अघि बढाउने भनिएको हो । २ लेनको बनाउनुपर्ने र भौगोलिक कठिनाईका कारण यो सडक खर्चीलो हुने भएको छ ।

यसका लागि २३ करोड रुपैया खर्च लाग्ने भएपनि हाल सम्म सरकारले करिब १० करोड रुपैया मात्र निकासा गरेको छ । यो सामान्य बाटो नभएकोले यसको काम सहज रुपमा हुनुपर्ने रसुवाका सांसद जनार्दन ढकालको भनाइ छ ।

सेनालाई प्रशासनिक झमेला ब्यहोर्नु नपर्ने गरी  सडक खन्न सहयोग गर्नुपर्ने र त्यसको बाताबरण आफुले मिलाउने संसदको बिकास समितिका सभापति रबिन्द्र अधिकारीको प्रतिबद्धता छ ।
News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget