शिवरात्रीको योजना पशुपतिक्षेत्र लागुपदार्थ मुक्त गर्ने, भाङ, धतुरो खान नपाइने

काठमाडौँ, २२ फागुन, पशुपति क्षेत्र विकास कोषले यो वर्षदेखि पशुपति क्षेत्रलाई गाँजा, भाङ तथा धतुरो मुक्त क्षेत्र बनाउने घोषणा गरेको छ । शिवरात्रिको अवसरमा कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका कार्यकारी निर्देशक रमेश सुवेदीले पशुपति क्षेत्रमा भाङ, गाँजा तथा धतुरो खाने परम्परागत चलन गलत भएको बताए ।

गलत परम्परालाई त्याग्दै पशुपति क्षेत्रलाई सफा, स्वस्थ र सुन्दर बनाउन त्यस्ता लागुपदार्थ बिक्री नगर्न बाबा, सन्यासी तथा जोगीलाई गर्नुका साथै सेवन गर्ने कार्य पनि नगर्न भक्तलाई आग्रह गरे ।

कार्यक्रममा शिवरात्रिका अवसरमा भक्तजनलाई दर्शनसम्बन्धी व्यवस्था, आवास, भोजन तथा स्वास्थ्य शिविरसम्बन्धी र सूचना, प्रचार–प्रसार तथा सुरक्षा, सरसफाइको व्यवस्था गरिएको जानकारी दिइयो ।

कोषले मन्दिर आउँदा सकभर झोला, काँचका सिसा नल्याउन दर्शनार्थीलाई आग्रह गरिनुका साथै दर्शनपछि मन्दिर परिसरबाट छिटो बाहिर जान आग्रह गरेको छ ।
कोषको प्रचार–प्रसार उपसमितिका संयोजक कोकिल गोविन्द श्रेष्ठले विदेशबाट हालसम्म ५१ जना नाङ्गाबाबा काठमाडौँ आइसकेको र विगतमा जस्तो तीन हजार ५०० जति सन्यासी आउने अपेक्षा गरिए पनि नाकाबन्दी र भूकम्पको कारणले विदेशी दर्शनार्थीको कमी भएको बताए ।

कोषका सदस्यसचिव गोविन्द टन्डनले कोषले दर्शनार्थीको सुरक्षा तथा पशुपति क्षेत्रभित्र विशेष सरसफाइको व्यवस्था गरिएको जानकारी दिए ।
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget