हास्यकलाकार बल्छी ध्रुबे द्वारा विद्यालयलाई ५० हजार सहयोग


गोरखा,  हास्यकलाकार मरिचमान श्रेष्ठ बल्छी ध्रुबे ले गोरखाको ताकुकोट गाविस–१ स्थित माइकोट माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्न ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । वैशाखमा गएको भूकम्पले विद्यालयका भवनहरु भत्काएको र पुनःनिर्माणका लागि आवश्यक जग्गा पनि नभएकाले जग्गा खरिदका लागि श्रेष्ठले आर्थिक सहयोग गर्नुभएको हो ।





केही समयअघि गोरखा सदरमुकाममा आयोजित हास्यव्यङ्ग्य कार्यक्रमबाट जुटेको सो रकम ताकुकोटस्थित बाँसपानी खानेपानी आयोजनाका अध्यक्ष चन्द्रकुमार श्रेष्ठमार्फत विद्यालयलाई प्रदान गरिएको मरिचमानले जानकारी दिनुभयो । ‘गाउँको विद्यालय भवन बनाउन जग्गाको अभाव भएको थाह पाएँ,’ उहाँले भन्नुभयो – ‘कार्यक्रम गरेर सङ्कलन भएको रकम दिएको हुँ ।’ स्थानीय दीपशिखा युवा क्लबको सहयोगमा श्रेष्ठले हास्यव्यङ्ग्य कार्यक्रम गर्नुभएको थियो ।

विद्यालय भवनहरु पुनःनिर्माण गर्दा कम्तीमा दश रोपनी जग्गा हुनुपर्ने दातृ निकायको नियम भएकाले माइकोट माविले थप जग्गा खरिद प्रक्रिया अघि बढाएको थियो । तर, अर्थाभाव हुँदा आवश्यक भएजति जग्गा खरिद गर्न नपाएको शिक्षकहरुले जनाएका छन् । कलाकार श्रेष्ठले सोमबार गाउँमा आयोजित एक कार्यक्रममा विद्यालयका लागि जग्गा खरिद गर्न आर्थिक सहयोग गर्नुभएको हो । श्रेष्ठ मेरी बास्सैलगायत हास्य टेलिशृङ्खला, नेपाली चलचित्रका साथै गीत, सङ्गीतमा पनि छाउँदै आउनुभएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget