रहस्यमयी देश उत्तर कोरियाबारे २५ तथ्य, सुन्दैमा तपाईंको मुटु काँप्छ !

सिंगो विश्व आर्थिक विकास र प्रविधिमा प्रतिस्पर्धा गरिरहेको छ । आर्थिक रुपमा सबल राष्ट्रसंग प्रतिस्पर्धा गर्न नसक्नेहरु पनि लोकतन्त्र र विकासकै बाटोतर्फ अग्रसर छन् । तर, विश्वमा अझै पनि एउटा यस्तो देश छ, जसको हरेक कुरा रहस्यको घेरामा हुन्छन् ।

उसका देशमा भएका ठूलै उथल-पुथल पनि महिनौंसम्म विश्वले थाहा पाउँदैन । देशका नागरिकहरु पनि बाहिरी देशमा के हुँदैछ पत्तो पाउँदैनन् । उनीहरुको संसार नै केबल आफ्नै देश हो ।

हजुर हामी कुरा गर्दैछौं उत्तर कोरियाको । विभिन्न अन्तराष्ट्रिय न्यूज साईटहरुको सहयोगमा हामीले उत्तर कोरियाबारे २५ वटा अनौठा तथ्य प्रस्तुत गर्दैछौं । जुन पढेर वा सुनेर तपाईं अचम्ममा पर्नु हुनेछ ।


१. उत्तर कोरियामा हप्तामा ६ दिनमात्रै होइन सातौं दिन पनि काम गर्नुपर्छ । ६ दिन जागिर गर्नेहरुले सातौं दिन अनिवार्य रुपमा स्वयम् सेवा गर्नुपर्छ । यस्तो अवस्थामा नागरिकहरु हप्ताको सातै दिन काममा व्यस्त हुन्छन् ।


२. आफ्नो शासनकालमा किम जोंग II ले बायोग्राफी सार्वजनिक गरे । त्यसमा लेखिएको केही कुरा निकै भ्रम फैलाउने खालका छन् । उनले बायोग्राफीमा लेखेका छन्, ‘मेरो जन्म दुईवटा इन्द्रेणीको बीचमा भएको थियो । म जन्मिएपछि त्यो दुई इन्द्रेणीको बीचमा आकाशमा एक नयाँ तारा चम्किएको थियो रे !’ यसमा उनको नियत भनेको आमजनतामा भ्रम भैलाउनु नै हो । ता कि नागरिकहरुले आफूलाई साक्षात ईश्वर मानुन् र सदियौंसम्म आफ्ना पुस्ताले एकलौटी राज गर्न पाओस् ।


३. उत्तर कोरियामा अहिले विश्वमा जस्तो सन २०१५ चलिरहेको छैन । त्यहाँ त बल्ल १०४ साल भयो । उत्तर कोरियाले जूश क्यालेण्डर प्रयोग गर्छ । |सापो| किम II सुंगको जन्मपछि नै सालको गणना सुरु भएको थियो ।


४. उत्तरकोरियाको हरेक घरमा सरकारद्वारा नियन्त्रित रेडियो अनिवार्य जडान गरिएको छ । नागरिकहरुलाई यो रेडियो नबजाउने वा नसुन्ने अधिकार छैन ।


५. जस्तोसुकै अपराध होस्, माफी भन्ने कुरा उत्तर कोरियाको शब्दकोशमा नै भेटिन्न । कि त आजीवन जेल, कि मृत्युदण्ड । यदि कसैको साथमा बाईबल भेटियो वा कसैले पोर्न फिल्म हेर्दै गरेको भेटियो भने पनि फाँसीमा चढाइन्छ ।



६. उत्तर कोरियामा कसैले पनि गरीबको तस्वीर खिच्न पाउँदैन । टुरिष्टहरुले पनि कुनै |सापो| गरीब उत्तर कोरियनको तस्वीर खिचेर लाने अधिकार छैन । गरीबको तस्वीरले देशको इमेज खराब गर्छ भन्ने मान्यता त्यहाँ छ । तर, प्राय उत्तर कोरियन गरीबीको चपेटामा छन् ।


७. उत्तर कोरियामा ८ र १७ जुलाईको दिन कुनै खालको उत्सव मनाउने छुट छैन । जन्म दिन नै यही दिनमा पर्यो भने पनि उसले जिन्दगीभर सेलिब्रेसन गर्न पाउँदैन । किनकी पूर्व शासक किम II सुङ र किम जोंग II को मृत्यु क्रमश: यही दुई तारिखमा भएको थियो ।


यस्तै अन्य सामग्रीहरु आफ्नै फेसबुक वालमा प्राप्त गर्नका लागि हाम्रो आधिकारीक फेसबुक पेजमा लाईक गर्नुहोस् ।

८. टूरिस्टहरु मोबाइल बोकेर उत्तर कोरियामा छिर्न पाउँदैनन् । मोबाइल एयरपोर्ट मै कब्जा गरिन्छ । फर्कने बेला उनीहरुले मोबाइल फिर्ता पाउँछन् ।


९. उत्तर कोरिया पुग्ने कुनै पनि टुरिष्टले स्थानीयसँग बोल्न पाउँदैन । ऊ एयर पोर्टबाट निस्किएपछि सरकारद्वारा प्रशिक्षित गाईडहरुकै नियन्त्रणमा हुन्छ । आफ्नो स्वेच्छाले केही गर्न पाउँदैन ।


१०. यहाँका टिभीहरुमा जम्मा ३ वटा च्यानलमात्रै आउँछ । यी च्यानलहरुले किम जोंग उनको भक्तिगाथामात्रै गाउँछन् ।



११. देशमा सरकारी अधिकारी र सेनाका अधिकृतहरुबाहेक कसैलाई पनि निजी गाडी किन्ने छुट छैन ।



१२. उत्तर कोरियामा कुनै इन्टरनेट सेवा छैन |सापो| इन्टरनेटमा सफर गर्ने अधिकार भीआईपीहरुलाई मात्रै छ । उत्तर कोरियाको आफ्नै इन्टरनेट अपरेशन सिस्टम छ । जसको नाम ‘रेड स्टार’ हो ।





sajhapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget