घरको यो दिशामा राख्नुस् पैसा र गहना

सामान्यतया हरेक घरमा पैसा वा मूल्यवान गहनाहरु राख्ने एउटा विशेष स्थान हुन्छ । कसैले लकरमा राख्छन् भने कसैले आलमारीमा ।


तर बास्तु शास्त्रले भने यस्ता मूल्यवान बस्तु र पैसा घरको उत्तर दिशामा राख्दा शुभ हुने बताएको छ । यो दिशा पैसा र गहना राख्दा धनकी देवी-देवता कुबेर र महालक्ष्मी खुसी हुने बास्तु शास्त्रको भनाइ छ ।

बास्तुले सकारात्मक र नकारात्मक उर्जाका आधारमा काम गर्छ । यसकै आधारमा धनमाल राख्न घरको उत्तर दिशा सबैभन्दा उपयुक्त मानिएको छ ।

उत्तर दिशा कुवेरको

धनका देवता मानिएका कुबेरको दिशा उत्तर मानिन्छ । उनी देवी-देवताका कोषाध्यक्ष मानिन्छ । उत्तर दिशाका देवता मानिने यिनले घरको उत्तर दिशामा धनमाल राख्दा शुभ फल दिन्छन् ।

पैसा र गहना राखेको ठाउँ सपा हुनु अनुवार्य मानिन्छ । फोहोर भएको स्थानमा पैसा गहना राखिनु अशुभ मानिन्छ ।

बास्तु शास्त्रीका अनुसार नगद धन घरको उत्तर दिशामा राख्नु उत्तम मानिन्छ । घरको दक्षिण दिशामा भारी र गह्रौं चिजहरु राख्नु राम्रो मानिन्छ ।
ajensy

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget