भूकम्पपीडितले २० लाखसम्म पाउने

 काठमाडौं । सरकारले विनाशकारी भूकम्पका कारण भत्किएका निजी तथा सार्वजनिक संरचना पुननिर्माणका लागि नीतिगत  व्यवस्थालाई प्रस्ट पारेको छ ।राष्ट्रियपुननिर्माण तथा पुनस्र्थापना नीतिका आधारमा सरकारले भूकम्प प्रभावित संरचना पुननिर्माणसम्बन्धी नियमावली र त्यसअन्तर्गतका कार्यविधि पारित गरेकोछ ।

अनुदान कार्यविधि, जथ्था प्राप्ति कार्यविधि, पुननिर्माण कार्यविधि लगायतका कार्यविधि मन्त्रिपरिषद्को बुधबारको बैठकले पारित गरेको छ ।  यससँगै अब भूकम्पपीडितले पाउने अनुदान रकम छोटो र सरल विधिबाट उपलव्ध गराउन बाटो खुलेको मन्त्री आनन्द पोखरेलले बताए ।

दुई लाख रुपैयाँ अनुदान, तीन लाख रुपैयाँ सामूसहिक जमानीमा, १५ लाख रुपैयाँ, गाउँमा र २५ लाख रुपैयाँ सहरमा धितो राखेर दुई प्रतिशत ब्याजदरमा पीडितले ऋण पाउने व्यवस्था समेटिएको छ । आजको अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget