वरिष्ठ कलाकार कालीदास श्रेष्ठको ९३ वर्षको उमेरमा आज बिहान निधन

काठमाडौँ, १९ फागुन, वरिष्ठ कलाकार कालीदास श्रेष्ठको ९३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उच्च रक्तचाप, निमोनिया र पिसाबसम्बन्धी समस्याबाट ग्रसित श्रेष्ठको त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उहाँलाई यही फागुन ११ गतेदेखि सघन उपचार कक्षमा राखेर उपचार गरिँदै आएको उहाँको छोरी रेखामैयाँ श्रेष्ठले बताउनुभयो ।  

काठमाडौँको स्थानीयवासी झोंछेमा जन्मनुभएका श्रेष्ठले चित्रकलाको क्षेत्रमा विशेष योगदान गर्नुभएको छ । उहाँका तीन छोरा र चार छोरी छन् भने श्रीमतीको पहिला नै निधन भइसकेको थियो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकूलपति शारदा चित्रकारले उहाँको शवलाई सोही प्रतिष्ठानको परिसरमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएको जानकारी दिनुभयो ।रासस
तस्विर : एक कार्यक्रममा सहभागी हुँदै कालिदास, फायल फोटो सौजन्य: मनिषलाल श्रेष्ठ
aajakokhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget