नेपाललार्इ चाहेजती ग्यास दिन तयार छाै – चिन


काठमाडौं । चीनले नेपाललाई खाना पकाउने ग्यास दिने भएको छ । चीननको सरकारी स्वामित्वको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले ग्यास दिने प्रस्ताव सरकारसमक्ष गरेपछि छलफलका लागि दुई सदस्यीय नेपाली टोली चीन पुगेको  छ ।

स्रोतका अनुसार आपूर्ति मन्त्रालयका महासचिव उत्तम नागिला र आयल निगमका निर्देशक वीरेन्द्र गोइत सोमबार चीन गएका हुन् । ‘चीनले १५ दिनअघि नै नेपालको आवश्यकता अनुसार ग्यास दिने गरी प्रस्ताव गरेको थियो । ‘स्रोतले भन्यो, सिएनपिसीका प्रतिनिधिनै नेपाल आएर प्रस्ताव गरेका थिए । तर ढिला गरि दुई सदस्यीय नेपाली टोली चीन गएको हो ।

सरकारी स्वामित्वको सिएनपिसी मातहतको पेट्रो चाइनाले ग्यास कारोबार गर्न बेग्लै कम्पनी खडा गरेको छ । सोही कम्पनीले नेपाललाई मागे जति ग्यास सिदने प्रस्ताव गरेको हो । चीनले नेपालकै उद्योगसम्म ग्यास ल्याइदिने प्रस्ताव गरे पनि सरकारले गम्भीरतापूर्वक नलिएको स्रोतले बतायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget